देशभरका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका

काठमाडौं,२७ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताउनु भएको छ।बुधबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा बालगृह, बाल सुधारगृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल गरिएको छ ।बैठकमा मन्त्री बादीले मन्त्रालयले विशेष संरक्षण आवश्यक भएका बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिको अधिकार, सुरक्षा, मर्यादा र पुनःस्थापनालाई प्राथमिकतामा राखेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘विशेषगरी बाल सुधारगृहको व्यवस्थापनका सम्बन्धमा बालबालिकासम्बन्धी ऐन २०७५ तथा नियमावली २०७८ ले स्पष्ट कानुनी व्यवस्था गरेका छन्। बाल सुधारगृहको मूल उद्देश्य कानुनको विवादमा परेका बालबालिकालाई दण्ड दिनु होइन, उनीहरूको सुधार, संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग तथा सामाजिक पुनःस्थापना सुनिश्चित गर्नु हो ।’मन्त्री बादीका अनुसार देशभर सञ्चालनमा रहेका १० वटा बाल सुधारगृहको कुल क्षमता १ हजार ८५ जनाको भए पनि करिब १ हजार २ सय बालबालिका आश्रित छन् । मोरङ, कास्की, रुपन्देही र मकवानपुरका सुधारगृहमा क्षमताभन्दा बढी चाप रहेको उहाँले बताउनु भयो ।

 

बाल सुधारगृहमा १८ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिसमेत रहेको भन्दै उहाँले उमेर, लैङ्गिक अवस्था, जोखिमको स्तर तथा सुधारात्मक आवश्यकताका आधारमा वर्गीकरण गरी व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।उहाँले भन्नु भयो, ‘सरकारले बाल सुधारगृहको संरचनागत र व्यवस्थापकीय सुधारका लागि विभिन्न प्रयास अघि बढाएको छ । भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको छ । तनहुँको ढकालटारमा मापदण्डअनुसार बाल सुधारगृहको भवन निर्माण भइरहेको छ भने कर्णाली प्रदेशमा बाल सुधारगृह निर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ । १८ वर्षभन्दा माथिका बालबालिकाको अलग व्यवस्थाका लागि नुवाकोटमा बाल सुधारगृह सञ्चालनमा ल्याइएको छ ।’

 

बैठकमा सांसद ज्ञानु पौडेलले रुपन्देहीको बाल सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिएको र १८ वर्षभन्दा बढी उमेरका व्यक्तिसमेत रहेको बताउनु भयो।‘रुपन्देहीको बाल सुधारगृहमा सबैभन्दा बढी समस्या देखिएको छ। १८ वर्षमुनिका बालबालिका राख्ने भनिए पनि धेरै उमेर भएकाहरू पनि त्यहाँ छन्। क्षमताभन्दा बढी बालक छन्, खेलमैदानको परिकल्पना गर्न सकिँदैन। मौलिक हकअधिकार, विशेषगरी बालकको बाँच्न पाउने अधिकारदेखि बालबालिकासम्बन्धी महासन्धिले तोकेका न्यूनतम मापदण्डसमेत लागू गर्न नसकेको अवस्था छ,’ उहाँले भन्नु भयो ।

 

पौडेलले सरकारले सञ्चालन गरेका बाल सुधारगृहकै अवस्था कमजोर रहेको भन्दै गैरसरकारी संस्था तथा समुदायको सहयोगबाट सञ्चालन भइरहेका अन्य बाल सुधारगृहको अवस्थाबारे पनि अनुगमन गर्नुपर्ने बताउनु भयो।समितिको बैठकमा बाल सुधारगृहसहित महिला सुरक्षित आवास गृह, बालगृह तथा वृद्धाश्रमको संस्थागत अवस्था, व्यवस्थापन र अनुगमनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोसाक खरिदमा सशस्त्रको संलग्नता र अनियमितता छैनः पौडेल

काठमाडौँ,२७ साउन । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पार्नु भएको छ् । बुधबार सङ्घीय

ग्यासको कृत्रिम अभाव हटाउन सरकारसँग सांसद राईको माग

काठमाडौं,२७ साउन । राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै

युवा नेतृत्व आउनु मात्रै उपलब्धि होइन, परिणाम चाहिन्छ : रवि लामिछाने

काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताउनु भएको छ् ।

देशभरका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका

काठमाडौं,२७ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताउनु

सरकारको अपरिपक्व कार्यशैलीले समस्या निम्त्याउन सक्छ : सांसद परियार

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै

सेवा सुरु अघीनै सम्झौता धमाधम, दमकको तेजस डेण्टलको खास उद्धेश्य के हो ?

दमक , साउन २७ । दमकमा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आउनुअघि नै सेवा र सहकार्यको तयारी तीव्र बनेको छ। लामो समयदेखि दन्त क्षेत्रमा व्यवस्थापन तथा