ग्यासको कृत्रिम अभाव हटाउन सरकारसँग सांसद राईको माग

काठमाडौं,२७ साउन । राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद राईले ग्यासको कृत्रिम अभावका कारण सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको बताउनु भयो । एउटै ग्यास सिलिन्डरमा निर्भर नागरिकसँग तत्काल विकल्प नभएको भन्दै उहाँले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विद्यार्थी तथा न्यून आय भएका परिवार थप समस्यामा परेको उल्लेख गर्नु भएको छ ।उहाँले बिहानदेखि बेलुकासम्म आफ्नो काम छाडेर ग्यासका लागि लाइनमा बस्नुपर्ने अवस्था रहेको तर लामो समय लाइनमा बसे पनि ग्यास पाउने सुनिश्चितता नभएको बताउनु भयो ।

 

‘ग्यासको सिर्जित कृत्रिम अभावका कारण आज सबै नेपाली नागरिकको भान्सा निकै कठिन भएको छ । जसको एउटै मात्र सिलिन्डर छ, त्यसको कुनै विकल्प छैन । दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरू, विद्यार्थीहरू अझ झनै कष्टकर अवस्थामा छन्,’ उहाँले भन्नु भयो।सरकारले देशमा आवश्यकताभन्दा बढी एलपी ग्यास भित्रिरहेको दाबी गरिरहेको भए पनि बजारमा अभाव देखिनु गम्भीर विषय भएको उहाँको भनाइ थियो । सरकारले उपलब्ध ग्यासको परिमाण पर्याप्त रहेको बताइरहेको अवस्थामा उपभोक्ताले भने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उहाँले उठाउनु भयो ।सांसद राईले नेपाल आयल निगमले समेत ग्यास बिक्री गरिरहेको र टेकुमा ग्यास लिन उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारण पुग्ने गरेको बताउनु भयो । भक्तपुर, बुढानीलकण्ठ लगायत टाढाटाढाबाट समेत उपभोक्ता ग्यासका लागि टेकु पुग्दा समय र ज्याला दुवै खर्च हुने गरेको उहाँले उल्लेख गर्नु भयो ।

 

‘टेकुमा लाइन लगाएर भक्तपुर, बुढानीलकण्ठदेखि मात्र होइन, टाढाटाढाबाट आउँदा समयको उस्तै बर्बाद, ज्यालाको पनि उत्तिकै खर्च हुन्छ । त्यसरी पनि ग्यासको ग्यारेन्टी छैन,’ उहाँले भन्नु भयो।ग्यासको आपूर्ति पर्याप्त रहेको सरकारी दाबी र बजारमा देखिएको अभावबीच तालमेल नदेखिएको भन्दै सांसद राईले वास्तविक समस्या पहिचान गरी तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नु भयो । उहाँले सर्वसाधारणले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन र कृत्रिम अभाव सिर्जना गर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिइनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोसाक खरिदमा सशस्त्रको संलग्नता र अनियमितता छैनः पौडेल

काठमाडौँ,२७ साउन । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पार्नु भएको छ् । बुधबार सङ्घीय

ग्यासको कृत्रिम अभाव हटाउन सरकारसँग सांसद राईको माग

काठमाडौं,२७ साउन । राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै

युवा नेतृत्व आउनु मात्रै उपलब्धि होइन, परिणाम चाहिन्छ : रवि लामिछाने

काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताउनु भएको छ् ।

देशभरका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका

काठमाडौं,२७ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताउनु

सरकारको अपरिपक्व कार्यशैलीले समस्या निम्त्याउन सक्छ : सांसद परियार

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै

सेवा सुरु अघीनै सम्झौता धमाधम, दमकको तेजस डेण्टलको खास उद्धेश्य के हो ?

दमक , साउन २७ । दमकमा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आउनुअघि नै सेवा र सहकार्यको तयारी तीव्र बनेको छ। लामो समयदेखि दन्त क्षेत्रमा व्यवस्थापन तथा