देशभर उच्च जोखिम

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु :सतर्कता अपनाउन आग्रह

झापा,२८ साउन । वर्षायाम सुरु भएयता झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। कुल ९ जना संक्रमित मध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना उपचाररत र तीनजना निको भएर फर्किएका छन्।
स्वास्थ्य सेवा विभागका अनुसार गत वैशाखदेखि हालसम्म देशभरका २१ जिल्लामा ८३० जनामा संक्रमण पुष्टि भएको छ भने झापाका ५ सहित देशभर १३ जनाको ज्यान गइसकेको छ।संक्रमणबाट झापामा पाँच तथा धनुषा, सुनसरी, मोरङ, इलाम, रौतहट, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको छ ।जेईबाट एकदेखि ६० वर्ष उमेर समूहका व्यक्ति प्रभावित भएका छन्।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी २ सय बयालीस जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशमा १ सय सन्तउन्न, लुम्बिनीमा १ सय ४, मधेशमा छियनवे, सुदूरपश्चिममा सतासी र कर्णालीमा चौसठी जनामा संक्रमण पुष्टि भएको छ।
क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरसले मस्तिष्कमा गम्भीर असर पु¥याउँछ। सुँगुर र हाँसलाई यसको मुख्य स्रोत मानिन्छ।

पानी पर्ने समयमा जोखिम अझ बढ्ने भएकाले स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न र जेईविरुद्धको खोप लगाउन अपिल गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा