कांग्रेसले भदौ ११ मा महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं,२८ साउन । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा आज बसेको बैठकले आगामी भदौ ११ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

 

सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीहरूको सहभागिता रहनेछ । महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।त्यस्तै, बीपी स्मृति दिवसका अवसरमा गत साउन ६ गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिताअन्तर्गत महिलातर्फको दौड आगामी भदौ ६ गते पुनः सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । प्राविधिक कारणले उक्त दिन महिला दौडको विजेता घोषणा गर्न नसकिएको भन्दै पुनः दौड सञ्चालन गर्न लागिएको हो । यसमा यसअघि दर्ता भइसकेका सहभागीका साथै नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइनेछ ।

 

बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति पनि गठन गरेको छ । उपसमितिको सहजीकरण नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधानले गर्नु हुने छ। प्रतिष्ठानको सातौँ बैठक भदौको पहिलो साता पुनः बस्ने गरी स्थगित गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना