काठमाडौँ,२८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ। आजको बैठकको सुरुवात सभापति गगन थापाले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फिर्तीको अवसरमा स्वागत गर्दै गर्नु भयो ।
बैठकमा सहभागी एक पदाधिकारीले सभापति थापाले बैठक सुरु गर्दा बोलेको वाक्य उद्धृत गर्दै भन्नु भयो, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि जानु भएका देउवा बिहीबार स्वदेश फर्किनु भएको हो । उपचारको लागि नेपालबाट सिङ्गापुर जानु भएका देउवा त्यहाँका विभिन्न अस्पतालमा उपचार गराएपछि थप उपचार र परामर्शका लागि हङकङ पुग्नु भयो ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवा दम्पती बुढानीलकण्ठस्थित निवासमा मरणासन्न हुने गरी कुटिनु भएको थियो ।








