अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौं,२८ साउन । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा परेका संशोधनमाथि छलफल भएको छ ।

बिहीबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा। सुरेश श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी कानुनलाई दण्डात्मकभन्दा संरक्षणात्मक र अभिभावकीय प्रकृतिको बनाउनुपर्ने धारणा राख्नु भएको छ ।

उहाँले विभिन्न छलफलपछि विधेयकको नाम ‘अमूर्त सांस्कृतिक सम्पदा संरक्षण’ राखिएको जानकारी दिँदै विधेयक प्रमाणीकरण हुने समयको मिति नै अन्तिम रूपमा कायम हुने बताउनु भयो ।

श्रेष्ठले राज्यले बनाउने कानुनमध्ये दण्ड, जरिवाना र कैदको व्यवस्था गर्ने दण्डात्मक कानुन तथा राज्यले अपनत्व र अभिभावकत्व लिने संरक्षणात्मक कानुन हुने उल्लेख गर्दै अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी कानुन संरक्षणात्मक हुनुपर्ने बताउनु भयो ।

‘यति धेरै छलफल गर्दै गर्दा यो कानुनलाई प्रोटेक्टिभ हिसाबले, राज्यले गार्जियनसिप लिने गरी बनाउनुपर्छ भन्ने अधिकांश मत पाइयो,’ उहाँले भन्नु भयो, ‘नभए गुठी ऐन जस्तो राम्रो ऐन आउँदा पनि जनताले स्वीकार नगरेको अवस्था हामीले देखेका छौँ ।’

अमूर्त सांस्कृतिक सम्पदा समुदाय र व्यक्तिको दैनिकीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा गरिने कुनै पनि व्यवस्थाले समुदायको संवेदनशीलतालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘अमूर्त सांस्कृतिक सम्पदा भनेको समुदाय र व्यक्तिको दैनिकीसँग जोडिएको विषय हो। यसमा थोरै पनि तलमाथि भयो भने जनताले सहँदैनन्,’ श्रेष्ठले भन्न्ुा भयो ।

उहाँले विधेयकमा ‘गुठी ऐन जस्तो नहोस्’ भन्ने आशयका सुझावसमेत आएको उल्लेख गर्नु भएको छ।

श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण तथा कार्यक्रम सञ्चालन गर्दा एफपिक अर्थात् पूर्व जानकारीसहितको स्वतन्त्र सहमति लिनुपर्ने विषयलाई संवेदनशील रूपमा लिनुपर्ने बताउनु भएको छ ।

उहाँका अनुसार ऐनमा एफपिकसम्बन्धी व्यवस्था सांकेतिक रूपमा राखेर नियमावलीमा विस्तृत व्यवस्था गरिनेछ। मन्त्रालयले हाल पनि सम्पदा सूचीकरणका क्रममा पूर्वसहमति लिने अभ्यास गरिरहेको उहाँले जानकारी दिनु भयो ।

‘कुनै पनि कार्यक्रम वा सूचीकरणमा व्यक्तिको अनुहार वा सम्पदाको प्रयोग गर्नुअघि सहमति लिने विषय अत्यन्त संवेदनशील छ,’ उहाँले भन्नु भयो, ‘ऐनमा हामीले यसलाई इन्डिकेटिभ रूपमा राख्ने र नियमावलीमा डिटेलिङ गर्नेछौँ ।’

श्रेष्ठले राज्य र समुदायलाई अलग–अलग रूपमा हेर्नुभन्दा समुदायलाई नै राज्यको आधारका रूपमा बुझ्नुपर्ने धारणा पनि राख्नु भयो। उहाँका अनुसार भौतिक वा अभौतिक जुनसुकै सम्पदा भए पनि समुदायबिना त्यसको अर्थ रहँदैन ।

‘समुदायले बनाएको नै राज्य हो । भौतिक वा अभौतिक जेसुकै सम्पदा भए पनि समुदाय भएन भने त्यसको अर्थ हुँदैन । जबसम्म समुदाय रहन्छ, तबसम्म सम्पदा रहिरहन्छ,’ उहाँले भन्नु भयो, ‘राज्यले त केवल अभिभावकीय भूमिका निर्वाह गर्दै नागरिकलाई मौलिक अधिकारको निर्धक्क प्रयोग गर्न सघाउने हो ।’

अमूर्त सांस्कृतिक सम्पदा हराउँदै जानुमा आर्थिक लाभको भूमिका भए पनि सबै सम्पदा आर्थिक कारणले मात्र लोप नहुने उहाँले बताउनु भएको छ । समुदायले आफ्नो अमूर्त सांस्कृतिक सम्पदालाई व्यापारिक तथा आर्थिक उपार्जनका लागि प्रयोग गर्न पाउने व्यवस्था विधेयकमा राखिएको उहाँले जानकारी दिनु भयो ।

यद्यपि, अत्यधिक व्यापारीकरणले सम्पदाको मौलिकता र सांस्कृतिक महत्वमा असर पर्न सक्ने विषयमा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले ‘योमरी’ को उदाहरण दिँदै जुनसुकै दिन रेस्टुरेन्टमा योमरी उपलब्ध हुन थालेपछि ‘योमरी पुन्ही’को विशेष सांस्कृतिक महत्व घट्दै गएको हो कि भन्ने प्रश्न उठाउनु भयो ।

बैठकमा समितिका सदस्यहरूले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा समुदायको सहभागिता, पूर्वसहमति, सूचीकरणको प्रक्रिया तथा राज्यको अभिभावकीय भूमिकालाई विधेयकमा स्पष्ट रूपमा सुनिश्चित गर्नुपर्ने विषयमा धारणा राख्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा कुनै समूहको होइन, सिंगो पार्टीको साझा नेता हो : कांग्रेस नेताहरू

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उहाँको अभिभावकीय

विद्युत्मा ‘खुला पहुँच’का लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं,२८ साउन । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ ।आयोगले खुला पहुँचसम्बन्धी थप

गुम्बा विकास समिति खारेज नगर्न माग गर्दै बौद्ध संघसंस्था आन्दोलित

काठमाडौं,२८ साउन । सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् ।विहीबार राजधानीको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड , बन्दुक नियन्त्रणमा कडाई

थाइल्यान्डले गत हप्ता विद्यालयमा भएको गोलीकाण्डपछि बन्दुक नियन्त्रणलाई थप कडा बनाउँदै लगेको छ । घटनामा १४ वर्षीय बन्दुकधारीसहित नौ जनाको मृत्यु भएको थियो। थाइल्यान्डका प्रधानमन्त्री

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं,२८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको

रासायनिक मल घटाएर प्राङ्गारिक प्रवद्र्धन गर्न संसदीय समितिको जोड

काठमाडौं,२८ साउन । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको