विदेशबाट फर्किएकाको सीप र पुँजी उपयोग गर्न शंकर पोखरेलको जोड

काठमाडौं,२८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले रिटर्नीमैत्री नीति तथा कानुन निर्माण गर्नुपर्ने बताउनु भएको छ ।‘रिटर्नीमैत्री नीति र पुनः एकीकरण ः सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले विदेशमा हासिल गरेको अनुभवलाई उद्यमशीलतामा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले रिटर्नीका अपेक्षालाई नीति र कानुनमार्फत सम्बोधन गर्नु जायज भएको उल्लेख गर्दै राष्ट्रिय नीति सही हुनुपर्ने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण हुनुपर्नेमा जोड दिनु भयो।

 

उहाँले भन्नु भयो,‘विदेशबाट फर्किएका नेपालीहरूले विदेशमा हासिल गरेको सीप, अनुभव, ज्ञान र पुँजीलाई नेपालमा उद्यमशीलताका क्षेत्रमा प्रयोग गर्न सक्ने वातावरण राज्यले बनाउनुपर्छ । त्यसका लागि रिटर्नीमैत्री नीति र आवश्यक कानुन निर्माण गर्न जरुरी छ । राष्ट्रिय नीति सही हुनुपर्छ र त्यसलाई कार्यान्वयन गर्न कानुन पनि त्यहीअनुसार बन्नुपर्छ । रिटर्नीहरूले उठाएका विषयलाई नीति र कानुनमार्फत सम्बोधन गर्ने प्रयास सकारात्मक छ ।’उहाँले रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार तथा नयाँ कानुनको आवश्यकताबारे थप विस्तृत छलफल गर्नुपर्ने बताउनु भयो । पुँजी परिचालन, प्रविधि भित्र्याउने तथा त्यसको उपयोग गर्ने विषयमा समेत गहन विमर्श आवश्यक रहेको उहाँको भनाइ थियो ।

 

पोखरेलले विदेशमा रहेका नेपालीले आफूले काम गरेका बहुराष्ट्रिय कम्पनी तथा संस्थासँगको सम्पर्क र अनुभव मार्फत नेपालमा विदेशी पुँजी र प्रविधि भित्र्याउन ‘सूत्रधार’को भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो । राज्यले सहजीकरण गर्ने हो भने विदेशमा रहेका नेपालीको सञ्जालमार्फत पुँजी परिचालन तथा प्रविधि हस्तान्तरणको सम्भावना रहेको उहाँले बताउनु भयो ।उहाँले भन्नु भयो, ‘रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार गर्नुपर्ने विषय छन् भने त्यसबारे छलफल गर्नुपर्छ र आवश्यकताअनुसार नयाँ कानुन पनि बनाउनुपर्छ । पुँजीलाई कसरी परिचालन गर्ने, प्रविधिलाई कसरी भित्र्याउने र त्यसको उपयोग कसरी गर्ने भन्ने विषयमा पनि थप गहन छलफल आवश्यक छ । विदेशमा रहेका नेपालीहरूले आफूले काम गरेका बहुराष्ट्रिय कम्पनी तथा संस्थासँगको अनुभव र सम्पर्कका आधारमा नेपालमा विदेशी पुँजी र प्रविधि भित्र्याउन सूत्रधारको भूमिका खेल्न सक्छन् । राज्यले सहजीकरण गर्ने हो भने विदेशमा रहेका नेपालीको सञ्जालमार्फत पुँजी परिचालन र प्रविधि हस्तान्तरणको ठूलो सम्भावना छ ।’

 

उहाँले विदेशमा रहेको नेपाली डायस्पोरालाई नेपालको राष्ट्रिय हित प्रवद्र्धनमा समेत उपयोग गर्न सकिने धारणा राख्नु भयो। नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै उहाँले छिमेकीसँगको सम्बन्धसँगै फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताउनु भयो ।विदेशमा रहेका नेपाली समुदायले विगतमा नेपालको हितमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै पोखरेलले भविष्यमा पनि राष्ट्रिय हितका लागि उनीहरूको सम्पर्क र सम्बन्धलाई उपयोग गर्न सकिने बताउनु भयो ।

 

त्यसैगरी, विदेशमा रहेका नेपाली युवाले हासिल गरेको ज्ञान, सीप र दक्षताको अभिलेख तयार गरी राज्यसँग जोड्नुपर्नेमा उहाँले जोड दिनु भयो। विदेशमा रहेका दक्ष जनशक्तिको क्षमता पहिचान गरी राष्ट्र निर्माणमा उपयोग गर्न सके राज्यले ठूलो लाभ लिन सक्ने उहाँको भनाइ थियो । उहाँले रिटर्नीसम्बन्धी नीतिगत प्रस्ताव तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायमा बुझाउन सुझाव दिनु भयो । राज्यले अघि सारेका विधेयक तथा कानुनको समीक्षा गरी आवश्यक सुधारका लागि अवधारणापत्र तयार गरेर सांसदहरूमार्फत संसद्मा विषय उठाउन सकिने उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा कुनै समूहको होइन, सिंगो पार्टीको साझा नेता हो : कांग्रेस नेताहरू

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उहाँको अभिभावकीय

विद्युत्मा ‘खुला पहुँच’का लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं,२८ साउन । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ ।आयोगले खुला पहुँचसम्बन्धी थप

गुम्बा विकास समिति खारेज नगर्न माग गर्दै बौद्ध संघसंस्था आन्दोलित

काठमाडौं,२८ साउन । सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् ।विहीबार राजधानीको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड , बन्दुक नियन्त्रणमा कडाई

थाइल्यान्डले गत हप्ता विद्यालयमा भएको गोलीकाण्डपछि बन्दुक नियन्त्रणलाई थप कडा बनाउँदै लगेको छ । घटनामा १४ वर्षीय बन्दुकधारीसहित नौ जनाको मृत्यु भएको थियो। थाइल्यान्डका प्रधानमन्त्री

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं,२८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको

रासायनिक मल घटाएर प्राङ्गारिक प्रवद्र्धन गर्न संसदीय समितिको जोड

काठमाडौं,२८ साउन । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको