गुम्बा विकास समिति खारेज नगर्न माग गर्दै बौद्ध संघसंस्था आन्दोलित

काठमाडौं,२८ साउन । सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् ।विहीबार राजधानीको संवाद डबलीमा ‘गुम्बा विकास समिति बचाउ नागरिक संघर्ष समिति’ले पत्रकार सम्मेलनको अयोजना गरी सरकारले निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।संघर्ष समितिका संयोजक पाल्साङ बज्र लामाले सरोकारवाला पक्षसँग परामर्श नगरी ‘बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति’लाई खारेज गरिए मान्य नहुने जनाउनु भयो ।

 

धार्मिक आस्था र पुरातात्विक संवदेनशीलतालाई आर्थिक भारसँग जोडेर ‘बौद्ध दर्शन’को महत्व र आवश्यकतालाई सामान्यीकरण गरिएको भन्दै लामाले रोस व्यक्त गर्नु भयो । सरकारले सो निर्णलाई फिर्ता नगरे सशक्त संघर्ष गर्ने चेतावनी दिनु भएको छ ।संघर्ष समितिका प्रवक्ता इन्द्र रोकाया डोल्पो (शेराप)ले नेपाल सरकारको ‘सुशासन मार्गचित्र २०८२’ मा विकास समितिलाई खारेज गर्ने सिफारिसले लाखौं बौद्ध अनुयायीहरुलाई चिन्तित तुल्याएको बताउनु भयो ।सरकारी प्रतिवेदनमा ‘बौद्ध दर्शन’सम्बन्धी काम ‘लुम्बिनी बौद्ध विश्वविद्यालय’ले र ‘गुम्बा विकास’सम्बन्धी काम ‘पुरातत्व विभाग’ले गर्ने गरी हालको समितिको अस्तित्व मेटाउने कार्य स्वीकार्य नहुने रोकायाको कथन छ ।

 

उक्त सिफारिस सार्वजनिक भएपछि नेपाल बौद्ध महासंघलगायत दुई दर्जनभन्दा बढी बौद्ध संघसंस्था तथा समुदायले शान्तिपूर्ण विरोध जनाएको र अवश्यक परे संयुक्त रूपमा सडकमा उत्रने रोकायाले चेतावनी दिनु भयो ।संघर्ष समितिका टासीग्याल्जेन चाङ्बा भोटे(मिथुन)ले समितिलाई हचुवाको भरमा खारेज गर्ने भन्दा यसको ऐतिहासिक भूमिका, जिम्मेवारी र आवश्यकताबारे विस्तृत अध्ययन तथा सरोकारवालासँग परामर्श गर्न सरकारलाई आग्रह गर्नु भएको छ् ।भोटेले हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका गुम्बा, बौद्ध धार्मिक सम्पदा, कला, संस्कृति र परम्पराको संरक्षण, व्यवस्थापन तथा विकास गर्ने उद्देश्यले वि.सं. २०३६ सालमा गुम्बा व्यवस्था तथा विकास समिति स्थापना गरिएको जनाउनु भयो ।

 

पछि वि.स.२०६६ सालमा समितिको नाममा ‘बौद्ध दर्शन प्रवद्र्धन’ थप गरी ‘बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति’ नामकरण गरिएको जनाउँदै खारेज गर्नुभन्दा त्यसलाई थप विकास गर्नु आवश्यक रहेको धारणा राख्नु भयो ।संबोटा लिपि भाषा अभियन्ता सिंहबहादुर तामाङले लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनासम्बन्धी कानुनले बौद्ध दर्शनसम्बन्धी शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरेपनि त्यसैलाई आधार बनाएर गुम्बा व्यवस्थापन, संरक्षण तथा विकासको ऐतिहासिक जिम्मेवारी बोकेको समिति खारेज गर्नु उचित नहुने धारणा राख्नु भयो ।तामाङले ‘गुम्बा व्यवस्था तथा विकास समिति’ कायम गरी यसको मूल उद्देश्यअनुसार सञ्चालन गर्नुपर्ने माग गर्नु भयो । हिमाली तथा पहाडी क्षेत्रका गुम्बा, धार्मिक सम्पदा, प्राचीन हस्तलिखित ग्रन्थ, मूर्ति, थाङ्का, परम्परागत वास्तुकला, धर्मदेशना, वाङ्मय, साधना तथा परम्परागत चिकित्सा पद्धतिलगायत अमूर्त बौद्ध सांस्कृतिक सम्पदाको संरक्षण, अभिलेखीकरण, समन्वय र प्रवद्र्धनमा समितिको महत्वपूर्ण भूमिका रहँदै आएकोले त्यसालाई खारेजको सट्टा विकास गर्नुपर्ने तामाङको जोड छ ।

 

संघर्ष समितिले आफ्ना माग सम्बोधन गराउन विभिन्न कार्यक्रमसमेत घोषणा गरेको छ ।भदौ १ गतेसम्म सबै जिल्लाका समितिमा दर्ता भएका गुम्बाहरूलाई समिति खारेजीसम्बन्धी जानकारी दिने तथा राय लिने, नेपाल बौद्ध महासंघलगायत बौद्ध धार्मिक संघसंस्था, आदिवासी जनजाति महासंघ, जातीय समाज, गुम्बा विकास समितिका पूर्वपदाधिकारी तथा बुद्धिजीवीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ ।प्रतिनिधिसभा तथा राष्ट्रियसभाका प्रतिनिधि र बौद्ध समुदायका अगुवासँग सर्वपक्षीय अन्तरक्रिया गर्ने, सरकारलाई ध्यानाकर्षणपत्र बुझाउने तथा जिल्ला प्रशासन कार्यालयमार्फत गुम्बा विकास समिति पुनःस्थापनाको पक्षमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।सरकारले शान्तिपूर्ण तरिकाले माग सम्बोधन नगरे दोस्रो चरणको आन्दोलन घोषणा गर्ने चेतावनी पनि संघर्ष समितिले दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा कुनै समूहको होइन, सिंगो पार्टीको साझा नेता हो : कांग्रेस नेताहरू

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उहाँको अभिभावकीय

विद्युत्मा ‘खुला पहुँच’का लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं,२८ साउन । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ ।आयोगले खुला पहुँचसम्बन्धी थप

गुम्बा विकास समिति खारेज नगर्न माग गर्दै बौद्ध संघसंस्था आन्दोलित

काठमाडौं,२८ साउन । सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् ।विहीबार राजधानीको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड , बन्दुक नियन्त्रणमा कडाई

थाइल्यान्डले गत हप्ता विद्यालयमा भएको गोलीकाण्डपछि बन्दुक नियन्त्रणलाई थप कडा बनाउँदै लगेको छ । घटनामा १४ वर्षीय बन्दुकधारीसहित नौ जनाको मृत्यु भएको थियो। थाइल्यान्डका प्रधानमन्त्री

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं,२८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको

रासायनिक मल घटाएर प्राङ्गारिक प्रवद्र्धन गर्न संसदीय समितिको जोड

काठमाडौं,२८ साउन । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको