देउवा कुनै समूहको होइन, सिंगो पार्टीको साझा नेता हो : कांग्रेस नेताहरू

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उहाँको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता भएको बताउनु भयो ।

 

उहाँले लामो समय उपचारका क्रममा विदेशमा रहेका देउवा स्वास्थ्यलाभ गरी स्वदेश फर्किएकोमा खुसी व्यक्त गर्दै पार्टीको तर्फबाट स्वागत गर्नु भएको छ । कांग्रेसको गरिमामय इतिहास निर्माणमा देउवाले पुर्याएको योगदान, त्याग, संघर्ष र अनुभवको पार्टीले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै चालिसेले आगामी दिनमा उहाँले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो।‘उहाँ संस्थापन इतरभित्र होइन, सबैको साझा नेता हो,’ चालिसेले भने, ‘उहाँको अनुभवले आगामी दिनमा पार्टीलाई अभिभावकीय भूमिका प्रदान गर्नेछ ।’

 

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र फरक मत, दृष्टिकोण र कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको चालिसेको भनाइ छ । उहाँले प्रतिस्पर्धा पार्टी विधानको परिधिभित्र रहेर गर्नुपर्नेमा जोड दिँदै नीतिगत तथा सैद्धान्तिक रूपमा पार्टीभित्र भिन्नता नरहेको बताउनु भयो।पार्टीभित्रको बहस र मतभिन्नताले नयाँ निष्कर्ष निकाल्न सहयोग गर्ने उल्लेख गर्दै उनले फरक मत राख्दा अनुशासन र पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । ‘पार्टीमा न कसैले हार्छ, न कसैले जित्छ,’ उहाँले भन्नु भयो, ‘हाम्रो एकता नै हाम्रो शक्तिको आधार हो ।’

 

देउवा स्वदेश फर्किएको दिन पार्टीको बैठक जारी रहेकाले उहाँलाई स्वागत गर्न आफूहरू उपस्थित हुन नसकेको विषयलाई राजनीतिक रूपमा नलिन पनि चालिसेले आग्रह गर्नु भयो । बैठक प्राविधिक कारणले निरन्तर चलिरहेको र त्यसलाई स्थगित गरेर जान समय सान्दर्भिक नभएको उनको स्पष्टीकरण थियो ।चालिसेले देउवासँग भेटवार्ता गरी स्वास्थ्यलाभको शुभकामना दिने र आवश्यक रायसल्लाह लिने पनि बताउनु भयो । देउवाले पार्टीलाई एकताबद्ध राख्न अग्रज नेताका रूपमा आफ्नो कर्तव्य पूरा गर्ने विश्वास उनले व्यक्त गर्नु भयो।

 

यसैबीच, कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि देउवा स्वदेश फर्किएको विषय पार्टीका लागि सुखद भएको बताउनु भयो । उहाँले देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै उनको उपस्थितिले पार्टीभित्र देखिएका समस्या समाधान गर्न र पार्टीलाई एकीकृत बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नु भयो ।देउवाको स्वदेश आगमनले पार्टीलाई एकीकृत बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै पौडेलले पूर्वसभापति पार्टीका अभिभावक भएकाले उहाँले कुनै समूहको पक्षमा नभई समग्र पार्टीको पक्षमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।‘उहाँ कसैको पक्षमा उभिएर होइन, पार्टीको पक्षमा उभिएर पार्टीलाई संगठित र एकीकृत गर्ने सन्दर्भमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,’ पौडेलले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा कुनै समूहको होइन, सिंगो पार्टीको साझा नेता हो : कांग्रेस नेताहरू

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उहाँको अभिभावकीय

विद्युत्मा ‘खुला पहुँच’का लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं,२८ साउन । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ ।आयोगले खुला पहुँचसम्बन्धी थप

गुम्बा विकास समिति खारेज नगर्न माग गर्दै बौद्ध संघसंस्था आन्दोलित

काठमाडौं,२८ साउन । सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् ।विहीबार राजधानीको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड , बन्दुक नियन्त्रणमा कडाई

थाइल्यान्डले गत हप्ता विद्यालयमा भएको गोलीकाण्डपछि बन्दुक नियन्त्रणलाई थप कडा बनाउँदै लगेको छ । घटनामा १४ वर्षीय बन्दुकधारीसहित नौ जनाको मृत्यु भएको थियो। थाइल्यान्डका प्रधानमन्त्री

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं,२८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको

रासायनिक मल घटाएर प्राङ्गारिक प्रवद्र्धन गर्न संसदीय समितिको जोड

काठमाडौं,२८ साउन । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको