नेपालीको पहिचान पाल्पाली ढाका टोपी र गणेशमान महर्जको इतिहास

पाल्पा,२९ साउन । पाल्पाको तानसेन भन्नेबित्तिकै धेरैको सम्झनामा आउने मौलिक पहिचानमध्ये एक हो–‘पाल्पाली ढाका टोपी’ । आकर्षक बुट्टा, रंगीन डिजाइन र स्थानीय पहिचान बोकेको ढाका टोपी अहिले पाल्पाको चिनारीसँगै पर्यटकको रोजाइको उपहारसमेत बन्न थालेको छ ।

पाल्पाली ढाका टोपीको मूल्य आकार, डिजाइन र गुणस्तरअनुसार फरक पर्ने गर्छ । सामान्यतया एउटा टोपी सात सय रुपैयाँदेखि माथि पर्ने व्यापारीहरू बताउँछन् । ‘चोली राम्रो पाल्पाली ढाकाको’ जस्ता लोकगीतमा समेत पाल्पाली ढाकाको चर्चा हुँदै आएको छ । साथै ढाका कपडाको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।

पाल्पामा ढाका कपडा उत्पादनको इतिहास निकै पुरानो छ । तानसेनमा वि।स।२०१५ सालतिर गणेशमान महर्जनले ढाका कपडा उत्पादन सुरु गरेको इतिहास छ ।

त्यसयता पाल्पाली ढाकाले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । हातले विशेष किसिमले बुन्ने तथा आकर्षक बुट्टा प्रयोग गरिने भएकाले पाल्पाली ढाकाका उत्पादन अन्य स्थानको भन्दा फरक मानिन्छन् ।

ढाका कपडाबाट टोपी, साडी, चोली, गलबन्दीलगायत विभिन्न सामग्री उत्पादन हुँदै आएका छन् । त्यसमध्ये पाल्पाली टोपी नेपालीको मौलिक पहिरन र पहिचानका रूपमा स्थापित छ ।

पाल्पा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले ढाका टोपी, साडी तथा अन्य सामग्री चिनोका रूपमा खरिद गर्ने गरेका छन् ।

तानसेनका ढाका उद्योगमा स्थानीय महिला तथा अन्य बासिन्दा रोजगारीमा जोडिएका छन् । ढाका बुन्ने, कपडा तयार गर्ने र त्यसबाट विभिन्न सामग्री बनाउने कामले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आयआर्जनको माध्यमसमेत बनेको छ ।

पाल्पाली ढाकाका उत्पादन तानसेनमा मात्र सीमित छैनन् । देशका विभिन्न सहरमा यसको बजार विस्तार भएको छ भने विदेशमा समेत पाल्पाली ढाकाका सामग्री पुग्ने गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत