कांग्रेस इतर भेला

३ मिनेट समय सकिएपछि स्वतः माइक काटिने

काठमाडौँ,२९ साउन । काठमाडौँमा जारी नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा वक्ताहरूका लागि समयको नियम लागू गरिएको छ। भेला आयोजक समितिले प्रत्येक वक्तालाई आफ्नो धारणा राख्नका लागि केवल ३ मिनेटको समय उपलब्ध गराएको छ।

कार्यक्रमका उद्घोषक एवं प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले सहभागी नेता तथा कार्यकर्ताहरूलाई समयको पाबन्दीबारे जानकारी गराउनु भयो । विश्वकर्माका अनुसार निर्धारित ३ मिनेटको समय सकिएपछि संसद्मा जस्तै गरी माइक काटिनेछ।

धेरै सङ्ख्यामा वक्ताहरू रहेको र सबैका कुरा सुन्नुपर्ने भएकाले कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन यस्तो नियम बनाइएको आयोजकले जनाएका छन्। ‘प्रत्येक वक्तालाई ३ मिनेटको समय दिइएको छ, समय सकिए लगत्तै संसद्को अभ्यासमा झैँ माइक स्वतः काटिनेछ,’ विश्वकर्माले कार्यक्रममा जानकारी दिनु भयो ।निवर्तमान सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य र डा. शशांक कोइरालाको संयोजकत्वमा भइरहेको यस भेलामा देशभरबाट उल्लेख्य सङ्ख्यामा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत