इटहरी गोल्डकपको सेमिफाइनलमा रोलिङ

 

 

 

 

झापा। झापाको रोलिङ क्लब सुनसरीको इटहरीमा जारी बाह्रौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार इटहरी रङ्गशालामा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई २–१ गोल अन्तरले पराजित गर्दै रोलिङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलमा रोलिङका लागि विदेशी खेलाडी फोफना फोडे र मार्टिनले एक एक गोल गरे भने एभिनियरको तर्फबाट केन्नीले एक गोल फर्काए ।

खेलमा एभिनियर क्लबले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित बन्न पुग्यो । एभिनियरको तर्फबाट खेलको २७ औं मिनेटमा केन्नीले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेट लगत्तै रोलिङ क्लबको तर्फबाट फोफनाले २८ औ मिनेटमा एक गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि खेलको निर्धारित ९० मिनेटसम्म कुनै टिमबाट थप गोल हुन नसकेको अवस्थामा थपिएको अतिरिक्त २ मिनेटको समयमा मार्टिनले रोलिङ क्लबका लागि निर्णायक गोल गरे ।

सोमबारको खेलको म्यानअफ दी म्याच रोलिङ क्लबका पिटर सेगुन घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । आज (मङ्गलबार) को अन्तिम क्वार्टरफाइनल खेल न्युरोड टिम एनआरटी र सगरमाथा फुटबल क्लब मोरङबीच हुने आयोजकले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय