’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै लेखकले पार्टीलाई एकताबद्ध बनाउन विगतमा विभिन्न प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताउनु भयो । उहाँले पार्टी एकताका लागि अझै निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।

 

‘नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुनेछ, यो हामी सबैले विश्वास गर्न सक्छौँ । आज कांग्रेसका साथीहरू मात्र होइन, देशभरका लोकतन्त्रवादीहरू र लोकतन्त्रमा विश्वास गर्नेहरूले चाहेको पनि यही हो,’ उहाँले भन्नु भयो। लेखकले कांग्रेसलाई एकताबद्ध गर्न आफूहरूबाट विभिन्न प्रयास भएको भए पनि त्यसले परिणाम दिन नसकेको बताउनु भयो । पार्टी एकताका लागि आफू व्यक्तिगत रूपमा पनि विभिन्न घटनामा जोडिएको र त्यसलाई नजिकबाट देखेको उहाँको भनाइ थियो ।

 

‘हामीले कांग्रेसलाई एकताबद्ध गर्नका निम्ति निकै प्रयत्न र कोसिस गरेका छौँ । हामीले पार्टीलाई एकताबद्ध गर्न सकेका छैनौँ । अझै पनि प्रयत्न र प्रयास गर्नुपर्छ र पार्टीलाई एकताबद्ध गर्नुपर्छ,’ उहाँले भन्नुभयो । यसैगरी कांग्रेस नेता दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियारका रूपमा प्रयोग गरेर’ कांग्रेस लुटिएको आरोप लगाउनु भयो । उहाँले त्यसलाई अपराधको संज्ञा दिँदै क्षम्य नहुने बताउनु भयो ।‘निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर कांग्रेस लुटेर लगिएकै हो। त्यो अपराध हो, क्षम्य हुँदैन। सर्वोच्च अदालतबाट केही राहत महसुस भएको छ। हामीले न्याय पाउने विश्वास गरेका छौँ,’ खड्काले भन्नु भयो।

 

कांग्रेस नेता कान्छाराम तामाङले चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवाको सभापतिको हैसियतमा बोर्ड कसैलाई नसोधी आफूले राखेको बताउनु भयो । उहाँले शशाङ्कले देउवालाई फिल्म हेराएको प्रसङ्ग निकाल्दै गगनलाई पनि एकपटक हेराइदिन आग्रह गर्नु भयो। ‘शेरबहादुर दाइ चुनदेवीमा जानुभयो । त्यहाँ सभापतिको बोर्ड पनि मैंले कुनै पनि नेताजीहरूलाई नसोधीकन राखिदिएको छु । अब शेरबहादुर दाइले अरूलाई फिल्म नहेराए पनि एकचोटी गगनकुमार थापालाई राम्रो हलमा लगेर फिल्म हेराइदिनुस्,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा