रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम अभाव बढ्दै जाँदा कृषि उत्पादन घट्नुका साथै परम्परागत रैथाने बालीसमेत संकटमा पर्न थालेका छन।किसानले परम्परागत बालीको सट्टा नयाँ तथा उन्नत जातका हाइब्रिड बाली लगाउन थालेपछि रामेछापमा स्थानीय रैथाने बाली बिस्तारै लोप हुने अवस्थामा पुगेका हुन् । कतिपय रैथाने बाली हराइसके पनि किसानले भने जेनतेन कोदो खेतीलाई निरन्तरता दिँदै आएका छन ।

 

विगतमा ‘गरिबले खाने बाली’का रूपमा हेला गरिने कोदो पछिल्लो समय भने अत्यन्त गुणकारी र पोसिलो खाद्यान्नका रूपमा स्थापित हुँदै गएको छ । स्वास्थ्यका दृष्टिले समेत कोदोको महत्त्व बढ्दै गए पनि यसको उत्पादन र खेती क्षेत्र भने निरन्तर खुम्चिँदै गएको किसानहरू बताउँछन् ।कृषि क्षेत्र राज्यको प्राथमिकतामा नपर्नु, शिक्षित युवाले कृषि पेसालाई रोजगारीको आकर्षक क्षेत्रका रूपमा नहेर्नु, जलवायु परिवर्तनका कारण उत्पादनमा असर पर्नु, कृषिमा काम गर्ने जनशक्तिको अभाव हुनु र उत्पादनको उचित मूल्य नपाउनुजस्ता कारणले कोदोसहितका रैथाने बालीको खेती घट्दै गएको हो ।

 

मन्थली नगरपालिका–२ का वडा सदस्य तथा लामो समयदेखि कृषि कर्ममा लाग्दै आएका बालाकाजी श्रेष्ठ लगानीअनुसारको आम्दानी नहुँदा किसानले खेतीयोग्य जमिनसमेत बाँझो छाड्न थालेको बताउँनु हुन्छ । ‘परम्परागत रूपमा गरिने खेतीमा कतिपय समय किसानले लगाएको ज्यालासमेत उठ्दैन,’ उहाँले भन्नु भयो।श्रेष्ठका अनुसार कोदो खेतीलाई संरक्षण र प्रवद्र्धन गर्न राज्यले विशेष योजना ल्याउन आवश्यक छ । कोदोलाई केवल रोटी र ढिँडोमा सीमित नराखी यसको विविध परिकार उत्पादन गर्ने उद्योग सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

 

त्यस्तै, कोदोबाट उत्पादन हुने स्थानीय मदिरालाई मापदण्डअनुसार ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सके किसानले उत्पादनको राम्रो मूल्य पाउन सक्ने उहाँले बताउनु भयो । ‘कोदोको बजार विस्तार गर्न सकियो भने किसानलाई खेतीतर्फ आकर्षित गर्न सकिन्छ । नेपालमा केही छैन, रोजगारी छैन भन्नेहरूका लागि पनि कृषि र रैथाने बालीमा आधारित उद्योग राम्रो रोजगारीको माध्यम बन्न सक्छ,’ श्रेष्ठले भन्नु भयो। रैथाने बालीको संरक्षणसँगै उत्पादन, प्रशोधन, बजारीकरण र ब्रान्डिङमा राज्यले लगानी गर्न सके बाझिँदै गएका खेतमा फेरि खेती फर्काउन सकिने सम्भावना देखिएको छ । यसका लागि कोदोलाई केवल परम्परागत खाद्यान्नका रूपमा नभई स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनाको आधारका रूपमा विकास गर्नुपर्ने किसानहरूको माग छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा