सुदूरपश्चिममा नेकपाबाट मन्त्रीको टुंगो लाग्न सकेन

धनगढी ,३१ साउन । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरे । तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

नेकपामा रहेका साविकका तीन पार्टी (नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी) ले आफ्नो समुहको सम्मानजनक सहभागिताको दवाव बढाएपछि नेकपाबाट मन्त्रीको टुंगो लाग्न नसकेको हो ।

केन्द्रमा भएको राजनीतिक फेरबदल र नेपाली कांग्रेस–एमाले गठबन्धन टुटेपछि सुदूरपश्चिममा नेकपा र नेकपा एमालेको गठबन्धनमा वर्तमान प्रदेश सरकार बनेको हो ।

नयाँ सत्ता समीकरणमा नेकपाले मुख्यमन्त्री र तीन मन्त्रालय र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ । नेकपा एमालेका भागमा परेको अर्थमन्त्री, सामाजिक विकास मन्त्री, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्री नियुक्त भैसकेका छन् ।

तर नेकपाको भागमा परेका भौतिक पूर्वाधार विकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त हुन सकेका छ्रैनन् ।

नेकपामा रहेका साविकका तीन पार्टीले आफ्नो समुहले बढी मन्त्री पाउनुपर्ने दवाव सिर्जना गरेपछि मन्त्रीको टुंगो लाग्न नसकेको हो । तीन वटै साविक घटकहरूको शक्ति सन्तुलन मिलाउन सकस हुँदा नेकपाले थप मन्त्रीको नाम टुंग्याउन नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख र एक निलम्बन बाहेक ३२ सिट सहित नेकपा सबै भन्दा ठूलो दल छ ।

दुई दलबीच सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री सहित ४ र एमालेले ३ मन्त्रालय पाउने सहमति भएको थियो । तत्कालीन नेकपा ९एस० र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा आफ्नो ‘सम्मानजनक सहभागिता’ हुनुपर्ने अडान राख्दै शक्तिशाली मन्त्रालयहरूमा कडा दाबी प्रस्तुत गरेका छन् । साविकका तीनै घटकका शीर्ष नेताहरूले मन्त्री पदका लागि बलियो दाबी गरिरहेका छन् ।

विशेषगरी साबिकको नागरिक उन्मुक्ति पार्टीका नेताहरूले आफूहरूको भूमिका र योगदानको उचित मूल्याङ्कन नभए सरकार गठनमै समस्या आउन सक्ने चेतावनी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (साविकको नागरिक उन्मुक्ति पार्टी) का प्रदेश सभा सदस्य घनश्याम चौधरी मुख्यमन्त्री सबैलाई मिलाएर लैजाने बताएको उल्लेख गर्दै भन्नुहुन्छ ‘खै कसरी मिलाउनु हुन्छ, त्यो त पछि थाहा होला ।’

आन्तरिक किचलोका कारण तत्कालका लागि नेकपाले मुख्यमन्त्रीमा खगराज भट्टको नाम मात्र सिफारिस गर्न बाध्य भएको थियो । अर्कोतर्फ, सत्ता साझेदार दल नेकपा एमालेले भने आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री तयगरी शपथ समेत गराइसकेको छ । एमालेका तर्फबाट सामाजिक विकास मन्त्रीमा सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बम नियुक्त भई पदभार ग्रहण गरिसकेका छन् । लामो समयदेखि बजेट शुन्यताको सामना गरिरहेको सुदूरपश्चिम प्रदेशलाई गति दिन नवनियुक्त मुख्यमन्त्री भट्टलाई जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने दबाब छ ।

सम्मान हुने गरि छनौट गर्छौ स् मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री खगराज भट्टले भन्नु भयो साविकका सबै घटकको सम्मान हुने गरी मन्त्रीको छनौंट गरिने बताउनु भएको छ । उहाँले सो विषयमा केन्द्रिय तथा प्रदेश तहमा छलफल भइरहेको बताउनु भयो । ‘एक दुई दिनमै हामी सबै मन्त्रीको नाम टुंगोमा पुर्याउने गरी छलफल गरिरहेका छौं,’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘मन्त्री छनौट गर्दा सबैको सम्मान हुने छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा

अनुभवहीन नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप

इलाम,३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अनुभवहीनता र अदूरदर्शी कार्यशैलीका कारण मुलुक बर्बादीतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।इलाममा आयोजित

ओलीको खुला चुनौती : ‘सके छिट्टै अध्यक्षबाट हटाएर देखाउ’

इलाम,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन खुला चुनौती दिनु भएको छ। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

धरान देखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक वस दुर्घटना

धनकुटा,३१ साउन । धरानवाट तमोर करिडोर हुँदै पाँस्थरको यासोक जाने यात्रुवाहक वस आइतवार विहान १०ः४५ वजे कोशी लोकमार्गको लेउती भेडेटार सडक खण्डको चारखोले गोलाईमा दुर्घटना

सुदूरपश्चिममा नेकपाबाट मन्त्रीको टुंगो लाग्न सकेन

धनगढी ,३१ साउन । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा

जाजरकोटमा पहिरो, १० जना घाइते, तीन बेपत्ता

जाजरकोट,३१ साउन । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।