ओलीको खुला चुनौती : ‘सके छिट्टै अध्यक्षबाट हटाएर देखाउ’

इलाम,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन खुला चुनौती दिनु भएको छ। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र देखिएको अनुशासनहीनता र अराजकताप्रति कडा आक्रोश व्यक्त गर्नु भएको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन खुला चुनौती दिनु भएको छ्। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र देखिएको अनुशासनहीनता र अराजकताप्रति कडा आक्रोश व्यक्त गर्नु भएको छ।

 

“अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?” ओलीले प्रश्न गर्दै भन्नु भयो, “चिया मगाएको छ, चिया खाएको छ, अध्यक्ष हटाउने कुरा गरेको छ। कहिले हो हटाउने ? हटाइदेऊ न त, ढिलो भयो भने छिटो हटाऊ।” उहाँले पार्टी कार्यालयको क्यान्टिनमा बसेर ‘आभारा’हरूले अध्यक्ष हटाउने ख्याल–ठट्टा गरिरहेको टिप्पणी गर्नु भयो।

 

आफूविरुद्ध चलिरहेको हस्ताक्षर अभियानप्रति लक्षित गर्दै ओलीले यसमा कुनै दम नभएको दाबी गर्नु भयो। विधान र महाधिवेशनको प्रक्रिया मिचेर गरिने यस्ता गतिविधि बेकार रहेको उहाँको भनाइ छ। “कोही हस्ताक्षर गर्दै हिँडेका छन्, यसको पछाडि केही दम छैन,” ओलीले थपे, “न पार्टीको तरिका छ, न विधान। अस्ति भर्खर महाधिवेशन भएको थियो, आफैँ पनि सहभागी भएको होला, के मजाक हो यो ?”

 

विरोधी शक्तिहरूले पार्टीमाथि तीव्र प्रहार गरिरहेका बेला एकजुट भएर सामना गर्नुको साटो आन्तरिक कलहमा लाग्नु गलत भएको ओलीले बताउनु भयो। पार्टीलाई झेल्न मुस्किल भइरहेका बेला ‘अध्यक्ष हटाउँछु’ भन्नुको कुनै अर्थ नरहेको भन्दै उहाँले सबैलाई एकताबद्ध हुन आग्रह गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा

अनुभवहीन नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप

इलाम,३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अनुभवहीनता र अदूरदर्शी कार्यशैलीका कारण मुलुक बर्बादीतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।इलाममा आयोजित

ओलीको खुला चुनौती : ‘सके छिट्टै अध्यक्षबाट हटाएर देखाउ’

इलाम,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन खुला चुनौती दिनु भएको छ। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

धरान देखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक वस दुर्घटना

धनकुटा,३१ साउन । धरानवाट तमोर करिडोर हुँदै पाँस्थरको यासोक जाने यात्रुवाहक वस आइतवार विहान १०ः४५ वजे कोशी लोकमार्गको लेउती भेडेटार सडक खण्डको चारखोले गोलाईमा दुर्घटना

सुदूरपश्चिममा नेकपाबाट मन्त्रीको टुंगो लाग्न सकेन

धनगढी ,३१ साउन । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा

जाजरकोटमा पहिरो, १० जना घाइते, तीन बेपत्ता

जाजरकोट,३१ साउन । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।