वामपन्थी शक्तिका पहल एकीकृत हुँदा मात्रै उपलब्धि हासिल हुन्छ : शक्ति बस्नेत

काठमाडौं,३१ साउन । नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूका फरक–फरक पहल र गतिविधिलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्रियता, राष्ट्रिय हित र लोकतन्त्रका पक्षमा वामपन्थी शक्तिहरूले गर्दै आएका प्रयासलाई एकताबद्ध गर्न सके मात्रै त्यसले ठोस परिणाम दिन सक्ने बताउनु भयो ।

उहाँले विगतमा वामपन्थी शक्तिका पहल र गतिविधि अलग–अलग हुँदा त्यसको परिणाम अपेक्षाअनुसार आउन नसकेको उल्लेख गर्नु भयो।

‘हामीले विभिन्न कोणबाट, विभिन्न ढङ्गले राष्ट्रियता, राष्ट्रिय हितको पक्षमा, लोकतन्त्रको पक्षमा योगदान गर्दै आयौँ। ती सबै कुराले हामीलाई सिकाएको छ,’ उहाँले भन्नु भयो ।

उहाँले वामपन्थी शक्तिहरूका सबै पहलकदमीलाई एकीकृत र एकताबद्ध रूपमा अघि बढाउँदा मात्रै उपलब्धि हासिल भएको बताउनु भयो ।

‘जतिबेला हाम्रा पहलहरू अलग–अलग भए, हाम्रा गतिविधिहरू फरक–फरक भए, त्यसले परिणाममा व्यक्त हुन सकेन। जतिबेला हाम्रा सबै पहलकदमीहरूलाई एकीकृत ग¥यौँ, एकताबद्ध भएर प्रस्तुत ग¥यौँ, त्यतिबेला सबै प्रयत्नहरू उपलब्धिमा संश्लेषण हुन पुगे,’ उहाँले भन्नु भयो ।

बस्नेतले राजनीतिक शक्तिहरूले आफ्ना इच्छा र चाहनालाई सामाजिक जीवनको यथार्थसँग जोडेर अघि बढाउनुपर्ने धारणा पनि राख्नु भयो ।

उहाँले भन्नु भयो, ‘कहिलेकाहीँ हाम्रा इच्छा र चाहनाहरू सामाजिक जीवनका यथार्थभन्दा अलि परतिर पुगे । त्यतिबेला हाम्रा प्रयासहरूले सफलता र उपलब्धिलाई भेट्न सकेनन्।’

उहाँले विगतका अनुभवबाट पाठ सिक्दै वामपन्थी आन्दोलनलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना