भदौ १ देखि एनसेलको थ्रीजी बन्द

काठमाडौं , ३१ साउन । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।एनसेलका अनुसार गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका बर्दिया र पाल्पा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी सेवा बन्द भएपछि उक्त नेटवर्कमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।

 

एनसेलले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसहित फोरजी नेटवर्कलाई थप बलियो बनाउने उद्देश्यले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार फोरजी नेटवर्क देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार भइसकेको छ ।भाद्र १ गतेदेखि गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चेलगायतका स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ । त्यस्तै लमजुङका मस्र्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीशहरलगायतका स्थानमा पनि सेवा बन्द हुने कम्पनीले जनाएको छ ।

 

लुम्बिनी प्रदेशअन्तर्गत बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायतका स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । सुदूरपश्चिम प्रदेशको कैलालीमा टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द गर्ने एनसेलको योजना छ ।

 

फोरजीमा अपग्रेड हुन आग्रह

थ्रीजी सेवा बन्द भएसँगै सम्बन्धित क्षेत्रका ग्राहकलाई फोरजीमा अपग्रेड हुन कम्पनीले आग्रह गरेको छ । फोरजी सेवा प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल फोन, फोरजी सिमकार्ड वा ई–सिम र फोरजी नेटवर्क उपलब्ध हुनुपर्नेछ ।भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले ८१२३८ ११३ डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् ।भोल्टे प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल तथा फोन सम्पर्क छिटो स्थापित हुने कम्पनीको दाबी छ । ग्राहकले भ्वाइस कलसँगै फोरजी डेटा सेवा पनि उही शुल्कमा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

 

२०२७ को पहिलो त्रैमासिकसम्म थ्रीजी पूर्ण रुपमा बन्द गर्ने लक्ष्य

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर सुधार गर्ने योजनाअनुसार कम्पनीले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गरिरहेको छ ।कम्पनीका अनुसार स्मार्टफोन तथा फोरजी प्रयोगकर्ताको संख्या बढ्दै गए पनि अझै ठूलो संख्यामा ग्राहक थ्रीजीमै निर्भर छन् । फोरजी चल्ने सिम र मोबाइल प्रयोग गरिरहेका कतिपय ग्राहकले समेत मोबाइल सेटिङका कारण थ्रीजी नेटवर्क प्रयोग गरिरहेको कम्पनीको भनाइ छ ।यसअघि एनसेलले गत माघ र असारमा पनि विभिन्न जिल्लाका स्थानीय तहमा चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गरिसकेको थियो । कम्पनीले थ्रीजी नेटवर्क बन्द गर्नु नयाँ पुस्ताको मोबाइल प्रविधिमा अपग्रेड हुने प्रक्रियाको हिस्सा भएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना