बीपी र गणेशमानलाई परिवार वा समूहमा सीमित नगरौँः गगन थापा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताउनु भएको छ।उहाँले पछिल्लो समय राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाको नाम र विचारलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति बढेको बताउनु भएको छ।आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले नेताहरूले आफूलाई आवश्यक पर्दा बीपी कोइरालाको विचारलाई उद्धृत गर्ने गरेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘पछिल्लो समयको परम्परा के रह्यो भने आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने प्रवृत्ति छ । म अहिले पनि ठाउँ–ठाउँमा भएका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ एकदम व्यापक आइरहेको सुनिरहेको छु । नेताहरूले यतिबेला रातारात बीपीलाई सम्झिनुभएको छ ।’राजनीतिक विषयमा प्रत्यक्ष रूपमा आफ्नो कुरा राख्न नसक्दा बीपीको नामलाई सहारा बनाउने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो।‘कोसँग कानेखुसी गर्नुपरेको छ, त्यसको लागि फेरि हिम्मत छैन आफैँ आएर भन्ने। त्यो हिम्मत नभएपछि कसलाई सम्झने भन्दा बीपीलाई सम्झने,’ थापाले भन्नु भयो।

 

बीपी कोइरालाको विचारलाई गलत ढंगले व्याख्या गर्ने र आफूअनुकूल अर्थ लगाउने काम भइरहेको भन्दै थापाले त्यसबारे इतिहासका जानकार तथा तत्कालीन अभियन्ताहरूले वास्तविकता स्पष्ट पार्नुपर्ने बताउनु भयो।उहाँले भन्नु भयो, ‘बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित हुन दिनुहुँदैन। त्यसैले आज बीपीलाई मिसकोट गरिँदा र गलत ढंगले व्याख्या हुँदा त्यो आधिकारिकता हुँदैन। तिमीहरूले देखेका थियौँ बीपी ? भनेपछि छैन भन्नुपर्छ, त्यसैले जो वास्तवमा त्यो बेलाका अभियन्ताहरू अगाडि आएर वास्तविकताबारे बुझाउनुपर्छ।’थापाले बीपी कोइरालाको राजनीतिक जीवन लामो र निरन्तर विकसित हुँदै गएको भए पनि लोकतन्त्र र सामाजिक न्यायप्रतिको उहाँको मूल प्रतिबद्धता भने कहिल्यै परिवर्तन नभएको बताए। बीपीका विचारलाई तत्कालीन राजनीतिक घटनाक्रम र समग्र सन्दर्भसँग जोडेर बुझ्नुपर्ने उहाँको भनाइ थियो।

 

उहाँले बीपी र गणेशमानको योगदानलाई कुनै व्यक्ति, परिवार वा सीमित समूहको स्वामित्वमा राख्न नहुने भन्दै उनीहरूको राजनीतिक योगदान र विचारलाई नयाँ पुस्तासम्म सही रूपमा पु¥याउनुपर्नेमा जोड दिनु भयो।कार्यक्रममा गौतमको पुस्तकमाथि बरिष्ठ पत्रकार हरिहर विरही र लेखक एवं पत्रकार सुचेता प्याकुरेलले आफ्नो धारणा राख्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बीपी र गणेशमानलाई परिवार वा समूहमा सीमित नगरौँः गगन थापा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताउनु भएको छ।उहाँले

सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ : शंकर पोखरेल

काठमाडौं,३१ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकासले पुँजीवादलाई थप बलियो बनाउँदै विश्वव्यापी श्रम शोषण बढाएको बताउनु भएको छ । आइतबार

भदौ १ देखि एनसेलको थ्रीजी बन्द

काठमाडौं , ३१ साउन । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने

जाजरकोट पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा

जाजरकोट,३१ साउन । शनिबार बेलुकी भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परेर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ भने एक जना उपचारकै क्रममा मृत्यु भएको

वामपन्थी शक्तिका पहल एकीकृत हुँदा मात्रै उपलब्धि हासिल हुन्छ : शक्ति बस्नेत

काठमाडौं,३१ साउन । नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूका फरक–फरक पहल र गतिविधिलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । आइतबार समाजवाद

शशांकको नेतृत्वमा आगामी कांग्रेस इतरसमूह अघि बढ्ने

काठमाडौं ,३१ साउन। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ । काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनबाट कोइरालालाई इतरसमूहको नेतृत्व गर्दै