सीजी सिमेन्टले कमायो ९ महिनामा २ अर्ब ५९ करोड

काठमाडौं ,१ भदोैं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष आव २०८२÷८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आव २०८१÷८२ को पुरा अबधिको भन्दापनि बढी हो ।

इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीसम्बन्धी विवरणअनुसार आव २०८१÷८२ मा सीजी पाल्पाको सञ्चालन आम्दानी २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ थियो । चालू आवको नौ महिनामै कम्पनीले त्यसको तुलनामा करिब ५ दशमलव ०२ प्रतिशत बढी आम्दानी गरेको हो ।

कम्पनीको सञ्चालन आम्दानी आव २०७९÷८० मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको थियो । त्यसपछि आव २०८१÷८२ मा बढेर २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको थियो । चालू आवको नौ महिनामै २ अर्ब ५९ करोड रुपैयाँ पुगेपछि कम्पनीको आम्दानीमा क्रमिक सुधार देखिएको छ ।

आम्दानी बढेसँगै कम्पनीको उत्पादन क्षमताको उपयोगमा समेत सुधार आएको छ । आव २०८२÷८३ को पहिलो नौ महिनामा कम्पनीले क्लिंकर उत्पादनतर्फ आफ्नो कुल क्षमताको करिब ४२ प्रतिशत उपयोग गरेको छ । अघिल्लो आव २०८१÷८२ को पहिलो नौ महिनामा क्षमता उपयोग करिब २५ प्रतिशत मात्र थियो । सीजी पाल्पाले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–सर्देवामा दैनिक २ हजार ९५० टन क्लिंकर उत्पादन क्षमताको प्लान्ट सञ्चालन गर्दै आएको छ ।

उक्त क्लिंकराइजेसन युनिटले २०८० साल भदौदेखि व्यावसायिक उत्पादन थालेको हो । इक्रा नेपालका अनुसार उत्पादन क्षमता उपयोगमा आएको सुधार र पछिल्लो समय सिमेन्ट तथा क्लिंकरको बिक्री मूल्यमा आएको सुधारले कम्पनीको आम्दानी र सञ्चालन नाफामा सकारात्मक प्रभाव पारेको छ ।

कम्पनीको ओपीबीडीआईटीए मार्जिन आव २०७९÷८० मा १८ दशमलव ६ प्रतिशत रहेकोमा आव २०८१÷८२ मा ३८ प्रतिशत पुगेको थियो । चालू आवको नौ महिनामा भने यस्तो मार्जिन २९ दशमलव ९ प्रतिशत रहेको छ । यद्यपि आम्दानीमा सुधार भए पनि कम्पनीको वित्तीय दायित्व भने उच्च छ ।

चालू आवको नौ महिनामा कम्पनीको कुल ऋण र ओपीबीडीआईटीएको अनुपात १३ दशमलव ३ गुणा रहेको छ । उच्च ऋणभार र कार्यशील पुँजीमा परेको दबाबका कारण कम्पनीले ऋण दायित्व भुक्तानीमा लगातार समस्या भोग्दै आएको इक्रा नेपालले जनाएको छ । कम्पनीले आफ्नो ड्रइङ पावर सीमाभन्दा बढी कार्यशील पुँजी ऋण उपयोग गरेको र चालू आवको नौ महिनामा नेट वर्किङ क्यापिटलको सञ्चालन आम्दानीसँगको अनुपात करिब ४३ प्रतिशत रहेको इक्रा नेपालको विवरणमा उल्लेख छ ।

सीजी पाल्पाले हाल २ हजार ८०० टन प्रतिदिनको अनुमतिप्राप्त क्षमतामध्ये १ हजार टीपीडी क्षमताको ग्राइन्डिङ युनिट निर्माण गरिरहेको छ । निर्माणमा ढिलाइ भए पनि उक्त युनिट सञ्चालनमा आएपछि कम्पनीको बिक्री तथा आम्दानी थप बढ्ने अपेक्षा गरिएको छ । कम्पनीको चालू आवको नौ महिनाको आम्दानीमा समूहभित्रकै कम्पनीको योगदान पनि उल्लेख्य छ । कुल आम्दानीको करिब ४२ प्रतिशत हिस्सा चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज प्रालिलाई गरिएको क्लिंकर बिक्रीबाट आएको छ । उक्त कम्पनीले नवलपरासीमा दैनिक १ हजार ५०० टन क्षमताको ग्राइन्डिङ युनिट सञ्चालन गर्दै आएको छ ।

आम्दानी र क्षमता उपयोगमा सुधार देखिए पनि विगतको उच्च ऋणभार र ऋण भुक्तानीमा देखिएको ढिलाइ कम्पनीका लागि मुख्य चुनौती बनेको छ । इक्रा नेपालका अनुसार आगामी दिनमा कम्पनीले आम्दानीको वृद्धि कायम राख्दै समयमै ऋण तथा ब्याज भुक्तानी गर्न सक्ने क्षमता विकास गर्नु नै यसको क्रेडिट प्रोफाइल सुधारको मुख्य आधार हुनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

काठमाडौं,१ भदौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै

३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं,१ भदौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात

शैक्षिक सुधारका लागि संवादलाई प्राथमिकता ः शिक्षामन्त्री पोखरेल

काठमाडौं , १ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् । मन्त्री

पुनद्वारा रोल्पाकोे विपदबारे सरकारको ध्यानाकर्षण

काठमाडौं,१ भदौं।  नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको

पहिरो हटाएसँगै सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन , १ भदौ । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका(५ कुरिनटार नजिक सिमलधारामा पहिरोले शनिबार रातिदेखि अवरुद्ध भएको बाटो खुलेको छ । जिल्ला प्रहरी कार्यालय