मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन

विराटनगर,१ भदौं । जिल्ला कारागार मोरङका कैदीबन्दीले सोमबार बिहान प्रदर्शन गरेका छन्। प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दी छतमा बसेर प्रदर्शनमा उत्रिएका हुन्।

विराटनगर–८ स्थित कारागारमा बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी सुरु गरेको थियो। खानतलासीसँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको बताइएको छ।

खानतलासीका क्रममा कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रशासनले आफूहरूलाई बारम्बार दुःख दिएको आरोप लगाएका छन्। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी युवराज कटेल र मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली पुगेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

काठमाडौं,१ भदौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै

३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं,१ भदौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात

शैक्षिक सुधारका लागि संवादलाई प्राथमिकता ः शिक्षामन्त्री पोखरेल

काठमाडौं , १ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् । मन्त्री

पुनद्वारा रोल्पाकोे विपदबारे सरकारको ध्यानाकर्षण

काठमाडौं,१ भदौं।  नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको

पहिरो हटाएसँगै सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन , १ भदौ । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका(५ कुरिनटार नजिक सिमलधारामा पहिरोले शनिबार रातिदेखि अवरुद्ध भएको बाटो खुलेको छ । जिल्ला प्रहरी कार्यालय