सभामुखद्वारा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन रुलिङ

काठमाडौं,१ भदौं। सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्।

सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै विपक्षी सांसदहरूले गरेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो।

उहाँले भन्नु भयो, ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ।’

सभामुख अर्यालले नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिनु भयो।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादित अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गर्दै संसदमा विरोध जनाउँदै आएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

काठमाडौं,१ भदौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै

३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं,१ भदौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात

शैक्षिक सुधारका लागि संवादलाई प्राथमिकता ः शिक्षामन्त्री पोखरेल

काठमाडौं , १ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् । मन्त्री

पुनद्वारा रोल्पाकोे विपदबारे सरकारको ध्यानाकर्षण

काठमाडौं,१ भदौं।  नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको

पहिरो हटाएसँगै सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन , १ भदौ । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका(५ कुरिनटार नजिक सिमलधारामा पहिरोले शनिबार रातिदेखि अवरुद्ध भएको बाटो खुलेको छ । जिल्ला प्रहरी कार्यालय