विश्वासको मत लिनुअघि नै बागमतीमा मुख्यमन्त्री बानियाँको राजीनामा तयारी

मकवानपुर , १ भदौ । एमालेले सरकारलाई दिएको समर्थन गत साउन ६ मा फिर्ता लिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार राजीनामा दिने तयारीमा रहेको बताइएको छ । त्यसो त उनले विश्वासको मत लिनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा आह्वान गरेका छन् । तर मुख्यमन्त्री बानियाँले सभालाई सम्बोधन गरेपछि विश्वासको मत विभाजनमा जानुअघि नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारीमा रहेको स्रोतको दाबी छ ।

१ सय ४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । बानियाँले राजीनामा दिएपछि बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । बागमती प्रदेशमा एमाले र नेकपा संयुक्त सरकार गठनको तयारीमा जुटेका छन् । सोही अनुरुप एमालेले मंगलबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको सचिवालयले जनाएको छ ।

बैठकले दलको नेतामा पूर्व स्वास्थ्य मन्त्री किरण थापालाई अघि सार्ने स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले यसअघि नै दलको नेता जेएन थपलियालाई हटाउन निर्देशन दिएका थिए । अध्यक्ष ओलीकै निर्देशनमा थापालाई दलको नेता बनाउन लागिएको बुझिएको छ ।थपलियाविरुद्ध १८ जना एमाले सांसदले सचिवालयमा अवश्विासको प्रस्ताव समेत दर्ता गराइसकेका छन् । बैठकले दलको नेता टुंगो लगाएपछि मुख्यमन्त्री दाबीको प्रक्रिया अघि बढाउने एमालेको तयारी रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना