चितवन , १ भदौ । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका(५ कुरिनटार नजिक सिमलधारामा पहिरोले शनिबार रातिदेखि अवरुद्ध भएको बाटो खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै बाटो पूर्ण रुपमा खुलेको र अहिले सवारी साधन दोहोरो सञ्चालनमा आएको जानकारी दिएको छ । चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले बबिहान ६ बजेर १५ मिनेटदेखि नारायणगढ–काठमाडौं जाने र आउने सवारी साधनहरुको आवागमन पूर्ण रुपमा खुलेको जानकारी दिए ।
शनिबार राति साढे १० बजे तिर रूखहरू सहितको सुख्खा पहिरो खस्दा बाटो दुई तर्फी रूपमा नै अवरूद्ध भएको थियो । बाटो अवरूद्ध भएसँगै नारायणगढ हुँदै काठमाडौं जाने आउने सबै खाले गाडी चलाउन रोक लागेको थियो । आइतबार बिहान सबेरै गाडीको जाम नारायणगढ आँपटारी क्षेत्रसम्मै आएको थियो ।









