३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं,१ भदौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेको बताउनु भएको छ ।

मन्त्री श्रेष्ठले विद्युत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको विकाससँगै लाखौँ घरधुरीमा विद्युत सेवा पुर्याउँदै नेपाल विद्युत निर्यातको चरणमा प्रवेश गर्न सफल भएको बताउनु भयो ।

उहाँले प्राधिकरणले चार दशकभन्दा लामो अवधिमा नेपालको ऊर्जा विकासमा निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्नु भयो ।

‘यतिबेला झण्डै ३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ,’ मन्त्री श्रेष्ठले भन्नु भयो,‘उल्लेखित तथ्यांक केवल उपलब्धिका अंक मात्र होइनन्, यी नेपाल बदलिँदै गरेको प्रमाण पनि हुन् ।’

उहाँले विद्युत उत्पादन, प्रसारण र वितरण पूर्वाधारको विकासदेखि लाखौँ घरधुरीमा सेवा पुर्याउने तथा मुलुकलाई विद्युत निर्यातको चरणमा प्रवेश गराउने यात्रामा नेपाल विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा प्राधिकरणसँग सहकार्य गर्दै आएका निजी क्षेत्रका ऊर्जा उत्पादक, सहयोगी निकाय तथा सम्बन्धित सबै पक्षको भूमिकासमेत प्रशंसनीय रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो,‘विद्युत उत्पादन, प्रसारण र वितरण, पूर्वाधारको विकासदेखि लाखौँ घरधुरीमा सेवा पुर्याउने र निर्यातको चरणमा मुलुकलाई प्रवेश गराउने यात्रासम्म प्राधिकरणसँग सहकार्य गर्ने निजी क्षेत्रका ऊर्जा उत्पादक, सहयोगी निकाय एवम् सम्बद्ध पक्षको भूमिका पनि प्रशंसनीय छ ।’

उहाँले प्राप्त उपलब्धिहरू कुनै व्यक्ति वा निकायको एकल प्रयासबाट सम्भव नभएको भन्दै वर्षौंदेखिको सामूहिक चासो, चिन्तन र प्रयासबाट उपलब्धि हासिल भएको उल्लेख गर्नु भयो । त्यस्ता सबै प्रयास आजको दिनमा स्मरणीय रहेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार पछिल्लो समय सरकारको प्राथमिकता पनि परिवर्तन हुँदै गएको छ । अब विद्युत उत्पादन कति गर्ने भन्ने विषयमा मात्र केन्द्रित नभई उत्पादित विद्युतबाट कति आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने भन्ने विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो ।

मन्त्री श्रेष्ठले सरकारको प्राथमिकता विद्युत उत्पादनसँगै आन्तरिक खपत वृद्धि, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र बाह्य विद्युत बजार विस्तारमा रहेको जानकारी दिनु भएको छ ।

चालु आर्थिक वर्षमा प्रसारण पूर्वाधारको विस्तार तथा सुधारमा विशेष ध्यान केन्द्रित गरिएको उहाँले बताउनु भयो। उत्पादन बढ्दै जाँदा उच्च विद्युत भार वहन गर्न सक्ने प्रसारण प्रणाली कमजोर रहे उत्पादनको समेत अर्थ नरहने उहाँको भनाइ थियो ।

त्यसैले रणनीतिक महत्वका प्रसारण लाइन, सबस्टेसन तथा ग्रिडको सुदृढीकरण र अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने सोचसहित सरकारले योजना निर्माण गरी कार्यान्वयनको चरणमा अघि बढिरहेको मन्त्री श्रेष्ठले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

काठमाडौं,१ भदौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै

३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं,१ भदौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात

शैक्षिक सुधारका लागि संवादलाई प्राथमिकता ः शिक्षामन्त्री पोखरेल

काठमाडौं , १ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् । मन्त्री

पुनद्वारा रोल्पाकोे विपदबारे सरकारको ध्यानाकर्षण

काठमाडौं,१ भदौं।  नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको

पहिरो हटाएसँगै सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन , १ भदौ । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका(५ कुरिनटार नजिक सिमलधारामा पहिरोले शनिबार रातिदेखि अवरुद्ध भएको बाटो खुलेको छ । जिल्ला प्रहरी कार्यालय