नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् ।

ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को मन्दिर परिसरमा आज विशेष पूजा आयोजना गरि नागपञ्चमी मनाइएको हो ।

 

पूजाको नेतृत्व बीजीएनका गोर्खा मेजर मेजर किरण पुन एमभीओ र बीजीएन पण्डित झबिन्द्र घिमिरेले गरेका थिए । पूजामा बीजीएनका अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । हिन्दू धार्मिक मान्यताअनुसार नाग अर्थात् सर्प देवताको पूजा गर्दा घरपरिवारको सुरक्षा, सुख–शान्ति तथा कल्याण हुने विश्वास गरिन्छ ।

 

नाग पञ्चमी धार्मिक पर्वसँगै पर्यावरणीय महत्व बोकेको पर्वका रूपमा समेत लिइन्छ । नाग भगवान अर्थात सर्पप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने लामो समयदेखिको परम्परालाई यस पर्वले निरन्तरता दिएको छ ।

 

बीजीएनले सामाजिक सञ्जाल फेसबुक मार्फत नाग पञ्चमीको अवसरमा मन्दिरमा पूजा गरिएको जानकारी दिँदै पूजामा सहभागी अधिकृत तथा कर्मचारीहरूको तस्बिरसमेत सार्वजनिक गरेको छ । तस्विर स्रोत ब्रिटिस गोर्खाज नेपाल फेसबुक पेज

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि