कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै शनिबार ११ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको हो।

नयाँ मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री छन्। यसपटक महिला सहभागितालाई समेत प्राथमिकता दिइएको छ। ११ सदस्यीय मन्त्रिमण्डलमा ३ जना महिला सहभागी छन्।
नेकपाबाट खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै, एमालेबाट इन्द्रमणि पराजुलीले स्वास्थ्य तथा रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

नयाँ कार्यविभाजनअनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा, गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून र विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्नुहुनेछ।

उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरूलाई शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले तथा राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। सत्ता साझेदार दलहरूको सहभागितासँगै कोशी प्रदेश सरकार पूर्ण भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि