भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मध्यपुर ठिमी–८ मा ४२१ जना सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको उल्लेख गर्दै सरकारको भूमिहीनसम्बन्धी कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनु भयो।

उहाँले भन्नु भयो, ‘एउटा हातमा लालपुर्जा थियो, अर्को हातमा नागरिकको मृत्युको खबर। यो विरोधाभासले हामीलाई गम्भीर प्रश्न सोध्छ ,सरकार भूमिहीनका लागि काम गर्दैछ भने ती कामको आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन ?’

खत्रीले थापाथलीको सुकुम्बासी बस्ती भत्काएपछि बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान मृत भेटिएको घटनालाई दुःखद भएको बताउनु भयो।

उहाँले झापा, बर्दिया, चितवन र भक्तपुरलगायतका क्षेत्रमा दशकौँदेखि अल्झिएको भूमिहीनको समस्या समाधानतर्फ सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो।

‘आलोचना गरौं, कमजोरी देखाऔं, सरकारलाई खबरदारी गरौं, तर केही पनि भएको छैन भन्ने झुटो भाष्य निर्माण गरेर निराशाको आगो नझोसौं,’ उहाँले भन्नु भयो, ‘हामीलाई निराशा होइन, भरोसा चाहिएको छ ।’

खत्रीले भूमिहीनलाई अधिकारको बाटो देखाउँदै आशा जगाउने राजनीति आवश्यक रहेको बताए । ‘हामी भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन। प्रश्न गरौं, तर आशा पनि जगाऔं,’ उहाँले भन्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि