काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले बताएकी छन् । विमानस्थललाई चाँडो पूर्ण क्षमता र नियमित रूपमा सञ्चालन गर्न उनले सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद अग्रवालले विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने बताएकी हुन् । ुगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विगत ४ वर्षअगाडि उद्घाटन भई सञ्चालन भएको तर नियमित रूपमा सञ्चालन हुन नसकेकाले यस क्षेत्रका लगानीकर्ताहरू जसले विमानस्थललाई नै आधार मानेर लगानी गरेका थिए आज टाट पल्टिने अवस्थामा पुगेका छन्,ु सांसद अग्रवालले भनिन्, ुराज्यप्रति ठूलो आशा र भरोसा बोकेका लगानीकर्ता मानसिक समस्याबाट गुज्रिइरहेका छन् ।ु
विमानस्थललाई नियमित सञ्चालन गरेर पर्यटन व्यवसायलाई बढाउनुपर्ने उनको भनाइ थियो । यो विमानस्थल नियमित सञ्चालनमा आए आध्यात्मिक पर्यटन बढ्ने उनको भनाइ छ । ुयस क्षेत्रको आध्यात्मिक पर्यटनसँगै बुद्ध सर्किटलाई आधार मानी बनाइएको विमानस्थल दिनप्रतिदिन जीर्ण अवस्थामा पुगिरहेको छ । राज्यमाथि पनि आर्थिक भार बढ्दो छ,ु उनले भनिन्, ुअझ २०८३र८४ को बजेटले निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने भनेर समेटेको छ । तसर्थ गौतमबुद्ध विमानस्थल चाँडोभन्दा चाँडो नियमित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।









