मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया बढ्यो अघि

काठमाडौं ,२ भदौं। नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले सडकखण्डको आवधिक मर्मत कार्यका लागि बोलपत्र आह्वान गरेपछि सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको स्थलगत भ्रमण गराउनुका साथै प्रस्तावपूर्व छलफलसमेत गरेको हो ।

एमसीए–नेपालका अनुसार प्रस्तावपूर्वको छलफलमा विभिन्न निर्माण कम्पनीका ३१ जना प्रतिनिधिको सहभागिता थियो । त्यसमध्ये १८ जना प्रतिनिधिले अनलाइनमार्फत तथा १३ जनाले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए ।

कार्यक्रमका क्रममा सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको अवस्था, प्रस्तावित मर्मत कार्य, बोलपत्र प्रक्रिया तथा आवश्यकताबारे जानकारी दिइएको थियो । साथै सहभागीले राखेका विभिन्न जिज्ञासा तथा बोलपत्रसम्बन्धी प्रश्नको समेत स्पष्ट पारिएको एमसीए–नेपालले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजनाको प्रमुख कार्यमध्ये एक हो । आवधिक मर्मतपछि सडकखण्डको विद्यमान अवस्था सुधार हुनुका साथै यसको दीर्घकालीन कार्यसम्पादन तथा क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्छन् । भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा पर्ने यो सडकखण्डमा वर्षायाममा पहिरो तथा सडक क्षतिका कारण यातायात प्रभावित हुने गरेको छ । त्यसैले सडकको नियमित तथा आवधिक मर्मतलाई महत्त्वपूर्ण मानिएको छ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत कार्यक्रमले सडकको तत्कालीन सुधारसँगै दीर्घकालीन रूपमा सडक पूर्वाधारको टिकाउपन र कार्यक्षमता बढाउने लक्ष्य राखेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष धीरज सेठ बीच भेटवार्ता

काठमाडौं,२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।मंगलबार रक्षामन्त्री समेत रहनु भएको छ

दमकका व्यवसायीबीच फुटसल प्रतियोगिता, यसपटकदेखि रनिङ शिल्ड

दमक, २ भदौ। दमकका व्यवसायीबीच फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। दमक उद्योग वाणिज्य संघको ३६औँ स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा चौथो अन्तरवस्तुगत व्यवसायी

ताप्लेजुङका युवाले छाडे गाउँ, संकटमा बहुउपयोगी जडिबुटी चिराइतो खेती

ताप्लेजुङ,२ भदौ । ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ । बजार मूल्यमा हुने निरन्तर उतारचढाव, वन फँडानीसम्बन्धी कडाइ,

सुरक्षा ग्यारेन्टीको माग सहित राइडरहरुले गरे प्रदर्शन

काठमाडौं,२ भदौ । राइड सेयरिङ चालक तथा राइडरहरूले न्यायोचित भाडादर र कम्पनीले लिने कमिसन कटौतीको माग गर्दै प्रदर्शन गर्नुु भएको छ।   मंगलबार स्वतन्त्र चालक

झापामा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमान्डौं,१ भदौ । झापाको बिर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालनजिकै रहेको एक होटलबाट लागूऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरी

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

काठमाडौं ,२ साउन। आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन् । मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड,