वर्षाले विद्युत् र नेटवर्क अवरुद्ध, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,२ भदौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले अविरल वर्षाका कारण विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले संखुवासभाको भोटखोला गाउँपालिकाका विभिन्न स्थानमा अविरल वर्षाका कारण विद्युत् प्रसारण लाइन र नेटवर्क टावरमा अवरोध आएको बताउनु भयो । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा सोलार लाइटको भर पर्नुपर्ने र सामाजिक सञ्जाल तथा सञ्चार सेवाबाट समेत वञ्चित हुनुपरेको उहाँले बताउनु भयो।

उहाँले भन्नु भयो, ‘अविरल वर्षाको कारण संखुवासभा भोटखोला गाउँपालिकाको विभिन्न ठाउँमा विद्युत् प्रसारण लाइन र नेटवर्क टावरहरूमा अवरोध आएको कारण यहाँका स्थानीय जनताहरू सोलार लाइटमा भर पर्नुपर्ने र सामाजिक सञ्जालबाट वञ्चित हुनुपरेको छ ।’

त्यस्तै, उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ अन्तर्गत साप्ला र डगला गाउँ तथा ताप्ली गाउँपालिका–१ अन्तर्गत गुराँसे, जुके, फलाटे र चिलाङ बेतिनी गाउँमा अझै विद्युत् प्रसारण लाइन पुग्न नसकेको उहाँले जानकारी दिनु भयो।

उहाँले ती क्षेत्रका नागरिक आधारभूत विद्युत् सेवाबाट समेत वञ्चित रहेको भन्दै जतिसक्दो चाँडो समस्या समाधान गर्न स्थानीय र केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो।

सांसद लिम्बुले भन्नु भयो, ‘जतिसक्दो चाँडो यी जनताका आधारभूत आवश्यकता र समस्याहरूको सम्बोधन होस् भनी स्थानीय अनि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।’

उहाँले दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चारजस्ता आधारभूत सेवा विस्तारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष धीरज सेठ बीच भेटवार्ता

काठमाडौं,२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।मंगलबार रक्षामन्त्री समेत रहनु भएको छ

दमकका व्यवसायीबीच फुटसल प्रतियोगिता, यसपटकदेखि रनिङ शिल्ड

दमक, २ भदौ। दमकका व्यवसायीबीच फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। दमक उद्योग वाणिज्य संघको ३६औँ स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा चौथो अन्तरवस्तुगत व्यवसायी

ताप्लेजुङका युवाले छाडे गाउँ, संकटमा बहुउपयोगी जडिबुटी चिराइतो खेती

ताप्लेजुङ,२ भदौ । ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ । बजार मूल्यमा हुने निरन्तर उतारचढाव, वन फँडानीसम्बन्धी कडाइ,

सुरक्षा ग्यारेन्टीको माग सहित राइडरहरुले गरे प्रदर्शन

काठमाडौं,२ भदौ । राइड सेयरिङ चालक तथा राइडरहरूले न्यायोचित भाडादर र कम्पनीले लिने कमिसन कटौतीको माग गर्दै प्रदर्शन गर्नुु भएको छ।   मंगलबार स्वतन्त्र चालक

झापामा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमान्डौं,१ भदौ । झापाको बिर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालनजिकै रहेको एक होटलबाट लागूऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरी

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

काठमाडौं ,२ साउन। आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन् । मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड,