इटहरी गोल्डकप आर्मी उपाधि होडमा

 

 

 

धरान/विभागीय टिम त्रिभुवन आर्मी क्लब बाह्रौं इटहरी गोल्डकपको उपाधि नजिक पुगेको छ ।

झापाको रोलिङ क्लबलाई २–१ गोलअन्तरले हराउँदै उपाधि होडमा पुगेको हो । इटहरी रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीका टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे ।

पहिलो हाफ बराबरी खेलेको आर्मीले उत्तराद्र्धको ६ मिनेट नबित्दै टेकबहादुर बुढाथोकीले गोल गर्दै खाता खोले । सन्तोषले भने खेलको इन्जुरी समयमा गोल गर्दै २–० को स्पष्ट अग्रता बनाए पनि अतिरिक्ति समयमा रोलिङका विदेशी खेलाडी अजय मार्टिनले सान्त्वना गोल गरे । खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए ।

साविक विजेता आर्मीले आज (बिहीबार) हुने मनाङ मस्र्याङ्दी क्लब र सगरमाथा फुटबल क्लब मोरङबीच हुने अन्तिम सेमिफाइन विजेतासँग भिडन्त गर्नेछ ।

शनिबार हुने फाइनल खेलको विजेताले नगद ७ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले नगद ३ लाख ५० हजार रुपैयाँ पाउने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । त्यस्तै व्यक्तिगत पुरस्कारहरू पनि पाउने जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु