कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं,११ भदौ ।रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बुझ्दै आउनु भएको छ ।

यसैक्रममा कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट ३ करोड रुपैयाँ नगद सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा। वाग्लेलाई हस्तान्तरण गर्नु भएको हो ।

बैंकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा पुनस्र्थापनाका लागि विभिन्न संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारणबाट प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान

भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं,११ भदौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते

रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं,११ भदौ । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं,११ भदौ ।रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि