विनाशकारी बाढीबाट भएको क्षतिप्रति दलाई लामाद्वारा दुःख व्यक्त

काठमाडौं,११ भदौ । तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको रसुवा र तिब्बतको केरुङमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ।

बिहीबार जारी शोक सन्देश जारी गर्दै दलाई लामाले शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित सबैप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्नु भएको छ।

उहाँले रसुवा र केरुङ क्षेत्रमा विगतमा पनि विपद्का घटना दोहोरिँदै आएको उल्लेख गर्दै यस्ता घटनाका पछाडि जलवायु परिवर्तन वा अन्य गहिरा कारण हुन सक्ने बताउनु भएको छ।

यस्ता विपद् भविष्यमा दोहोरिन नदिन सम्भव भएसम्म उपयुक्त कदम र रोकथामका उपाय अवलम्बन गरिने आफूले आशा गरेको दलाई लामाले बताउनु भएको छ ।

‘यस क्षेत्रले विगतमा पनि विपत्तिहरू बेहोरेको हुनाले, यी पक्कै पनि कुनै गहिरो अन्तर्निहित कारणका लक्षणहरू हुन्–चाहे त्यो जलवायु परिवर्तन होस् वा अन्य कारकहरू,’ शोक सन्देशमा उल्लेख छ।

उहाँले भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिन आवश्यक सावधानी र रोकथामका उपाय अपनाउन सम्बन्धित पक्षले ध्यान दिने विश्वाससमेत व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा