रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

काठमाडौं,११ भदौ । रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे, स्याफ्रुबेँसी, धुञ्चे तथा उत्तरगया गाउँपालिका लगायतका स्थानहरूबाट उनीहरूलाई सुरक्षित स्थानमा निकालिएको हो ।

उद्धार गरिएकाहरूमा ८८ जना नेपाली र ११ जना भारतीय नागरिक रहेका छन् । सीमा क्षेत्र टिमुरेमा रोकिएका भारतीय नागरिकहरू थिरुमा भालन, बलानी यापन, रत्न कुमार, रणनागा सवाई, रधु नार्दन, सिमारन्जन, नभुकविर दोष, मारन गोविन्दा स्पनु, सत्याई धखम, विजय बखु र पन्गा सावईको उद्धार गरिएको छ ।

त्यसैगरी नेपाली नागरिकहरूतर्फ रसुवा, सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय बासिन्दा तथा विभिन्न कामका सिलसिलामा त्यहाँ पुगेका नागरिकहरूको उद्धार भएको छ । उद्धार टोलीले ४ वर्षीय बालक अनमोल शाही, ८ वर्षीय सुवास मल्ल तथा १२ वर्षीया दीक्षा मल्लसहित बालबालिका, महिला तथा ७३ वर्षसम्मका वृद्धवृद्धाहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरेको छ । उद्धार गरिएका सम्पूर्ण नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा राखी आवश्यक समन्वय भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा