दमक,११ भदौ ।नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले राजेश मोटर्स प्रालि (दिपिनी पुल, दमक) मार्फत दुई नयाँ विद्युतीय स्कुटर … C2501 Ú र ‘चेतक C3503Ú बजारमा सार्वजनिक गरेको छ।
चेतक C2501
2. 5 kilo Wh ब्याट्रीयुक्त यस स्कुटरले १ पटकको चार्जमा ११३ किलोमीटर रेन्ज र ६० किलोमीटर÷घण्टाको गति दिन्छ। यसको ब्याट्री २ घण्टा २५ मिनेटमा ८०% सम्म चार्ज हुन्छ। एलसीडी डिस्प्ले, ब्लुटुथ, म्युजिक कन्ट्रोल, रिभर्स मोड र २५ लिटर स्टोरेज सहित ६ आकर्षक रङमा उपलब्ध यसको मूल्य रु. २ लाख एकासी हजार एक सय तोकिएको छ।
चेतक C3503
3. 5 kWh ब्याट्री क्षमताको प्रिमियम रेट्रो डिजाइन युक्त यो मोडलले १ सय एकउन्न किलोमीटर रेन्ज र ७० किलोमीटर÷घण्टाको गति दिन्छ। पूर्ण मेटल बडी, क्लासिक DRL हेडल्याम्प, कल÷एसएमएस अलर्ट र पैतीस लिटर स्टोरेज रहेको यो स्कुटर ४ रङमा उपलब्ध छ। यसको मूल्य रु. ३ लाख एकतिस हजार एक सयमा निर्धारण गरिएको छ।
कम्पनीका बिक्री प्रमुख रामेश्वर घिमिरे र राजेश मोटर्सका प्रबन्ध निर्देशक राजेश बुढाथोकीले नेपाली सडक र बदलिँदो जीवनशैली सुहाउँदो यी स्कुटरहरू नेपालभरका बजाज डिलर मार्फत बुकिङका लागि उपलब्ध रहेको जानकारी दिनुभएको छ।









