टिमुरे बाढीका घाइतेको वीरमा उपचार, ३ जना डिस्चार्ज

काठमाडौँ,११ भदौ । रसुवाको टिमुरेमा बाढीमा पर्नु भएका तुल्सीबहादुर भण्डारी हाल वीर अस्पतालको इमरजेन्सी कक्षमा उपचाररत हुनुन्छ् । ५३ वर्षीय भण्डारीको कानमा चोट लागेको छ ।व्यापारको सिलसिलामा कागबेनी नजिकैको टिमुरेमा बसोबास गर्दै आँउनु भएका भण्डारीका अनुसार बुधबार बिहान करिब साढे ८ बजेतिर काममा निस्कन लाग्दा एक्कासि पहाडबाट ठुला चट्टानहरू खसेर कालो मुस्लो धुवाँ र धूलो उडेको थियो । सुरुमा भूकम्प आएको भान भए पनि लगत्तै आएको लेदो बाढी र ठुला छालहरूले गाडीहरूसमेत बगाउँदै ल्याएको उहाँले बताउनु भयो ।

 

उहाँले भन्नु भयो– ‘म भाग्ने क्रममा बाढीको ठुलो छालले पछाडि हु¥याएर फालेकाले मात्र भाग्यवश बाँच्न सफल भए । बाँचेर माथि डाँडामा पुगेपछि आफ्नै आँखाअगाडि चार–पाँच जनाको शव देखे । त्यहाँ हजारौँ मानिसहरू लेदो बाढीमा पुरिएका वा बेपत्ता भएका छन् जस्तो लागेको छ ।’विपत्तिका बेला राज्यबाट हुनुपर्ने द्रुत उद्धार प्रयासप्रति भण्डारीले गुनासो पोख्नु भयोे । घटना लगत्तै नेपाली सेना आए पनि कठिन परिस्थिति र रात परेका कारण पर्याप्त रेस्क्यु हुन नसकेको र सरकारले पर्याप्त हेलिकप्टर प्रयोग गरी उद्धारमा तीव्रता नदेखाएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘डाँडामा रातभर भोकै, चाउचाउको भरमा बिताए । म आफ्नै निजी खर्चमा हेलिकप्टर बुक गरेर काठमाडौँ आउनु पर्ने अवस्था आयो ।’ भण्डारीले घाइतेहरूको हेलिकप्टरसहित सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने र बाढी–पहिरोमा पुरिएका, अस्पतालमा रहेका वा बेपत्ता भएका नागरिकहरूको तत्काल खोज तथा उद्धार गरिनुपर्ने जोडदार माग सरकारसमक्ष राख्नु भएको छ ।वीर अस्पतालका निर्देशक डा.विकास नेपालले विभिन्न कारणले घाइते भई वीर अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको बताउनु भयो । अस्पतालमा भर्ना गरिएका कुल ६ जना बिरामीमध्ये ३ जना सामान्य उपचारपछि परिवारको साथमा घर फर्किसकेका छन् ।

 

आँखामा चोट लागेका एक बिरामीलाई थप उपचारका लागि तिलगंगा आँखा अस्पताल रिफर गरिएको छ । डा. नेपालका अनुसार ठुलो विपद् भन्दा पनि भाग दौडका क्रममा सामान्य चोटपटक लागेका बिरामीहरू मात्र अस्पताल आइपुगेका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ

लुम्बिनीका १२९ जना सम्पर्कविहीन

बुटवल , ११ भदौ। रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय,

सद्गुरुको भावुक भिडियो , हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्

काठमाडौं ,११ भदौ। केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभयो । भिडियो सन्देश