बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १३२ जना छन्। त्यस्तै, नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।बाढीमा घाइते भएका ६३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३१ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२ जनाको उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै, वीर अस्पताल र नर्भिक अस्पतालमा दुई–दुई जना उपचाररत छन्। मनमोहन अस्पतालमा दुई जना तथा ग्राण्डी अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्रीन सिटी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जना घाइतेको उपचार भइरहेको छ।प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत समन्वयलाई निरन्तरता दिएको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा