काठमाडौं , १२ भदौ। रसुवामा भोटेकोशी नदीमा बाढी बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले भदौ १२ गते दिउँसो १२ बजेर ३१ मिनेटमा सूचना जारी गर्दै भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुगेको जनाएको छ।बाढीको जोखिमलाई मध्यनजर गर्दै त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा बाढीको सम्भावित जोखिमबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

ड्याम फुटेपछि भोटेकोशीमा बाढीको जोखिम, तटीय क्षेत्र खाली गरिँदै
नुवाकोट,१२ भदौ । तिब्बततर्फको ड्याम फुटेर भोटेकोशीमा पानीको बहाव बढ्न थालेपछि नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ ।बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम








