आँबुखैरेनी र देवघाटमा २८ शव फेला

तनहुँ ,१२ भदौ । तनहुँको आँबुखैरेनी देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार ९ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार गर्ने क्रममा उक्त शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका २३ वटा शव गण्डकी अस्पताल र पाँच वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

फेला परेका शवको पहिचानका लागि आवश्यक कानुनी तथा प्रक्रियागत काम अघि बढाइएको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

ताप्लेजुङ,१२ भदौ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै

ड्याम फुटेपछि भोटेकोशीमा बाढीको जोखिम, तटीय क्षेत्र खाली गरिँदै

नुवाकोट,१२ भदौ । तिब्बततर्फको ड्याम फुटेर भोटेकोशीमा पानीको बहाव बढ्न थालेपछि नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ ।बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक राहत कोषमा

काठमाडौं ,१२ भदौ। सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

रसुवा बाढीपछि अस्पतालहरूमा बेपत्ताको खोजी र आफन्तको भीड

काठमाडौँ , १२ भदौ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौँका अस्पताल धाइरहेका छन् । महाराजगन्जस्थित त्रिवि

रसुवा बाढीमा बेपत्ता ४७९ जनाको शव भेटियो, चितवनमा पहिचान सुरु

काठमाडौँ, १२ भदौ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आठ जिल्लामा

अखिल (क्रान्तिकारी) को ‘क्लोथ बैंक’ : आवश्यक परेकालाई निःशुल्क कपडा

काठमाडौँ , भदौ १२ । रसुवा जिल्लामा हालै आएको बाढीबाट प्रभावित नागरिकहरूलाई राहतस्वरूप कपडा उपलब्ध गराउने उद्देश्यले अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले तीनकुनेमा तीन