अखिल (क्रान्तिकारी) को ‘क्लोथ बैंक’ : आवश्यक परेकालाई निःशुल्क कपडा

काठमाडौँ , भदौ १२ । रसुवा जिल्लामा हालै आएको बाढीबाट प्रभावित नागरिकहरूलाई राहतस्वरूप कपडा उपलब्ध गराउने उद्देश्यले अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले तीनकुनेमा तीन दिनको निम्ति ‘क्लोथ बैंक’ सञ्चालन गरेको छ।

प्राकृतिक विपद्का कारण समस्यामा परेका परिवारहरूसम्म आवश्यक कपडा सङ्कलन गरी वितरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा सर्वसाधारण, विद्यार्थी, शुभेच्छुक तथा विभिन्न सङ्घ–संस्थालाई प्रयोगयोग्य र सफा कपडा सहयोग गर्न समितिका इन्चार्ज निरोज श्रेष्ठले आग्रह गरेको छ।समितिका अनुसार सङ्कलन गरिएका सम्पूर्ण कपडाहरू रसुवाका बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा वितरण गरिनेछ । विपद्को यस कठिन समयमा मानवीय सेवामा सबैको सहभागिता आवश्यक रहेको भन्दै अभियानमा साथ दिन उपत्यकावासीलाई आह्वान गरिएको छ।अनेरास्ववियू (क्रान्तिकारी) ले विपद्को घडीमा प्रभावित नागरिकको साथमा उभिँदै मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीको त्रासले ढुङ्गेका स्थानीय डाँडामा आश्रय लिन बाध्य

काठमाडौं,१२ भदौ । नुवाकोट विदुरको ढुङ्गेमा बाढी फेरि आउनसक्ने त्रासका कारण स्थानीयहरू वासस्थान छाडेर माथिल्लो डाँडामा रहेको जङ्गल क्षेत्रमा गएर बसिरहेका छन्। घरमा बस्दा जोखिम

चौतर्फी आलोचनापछी थप्यो नेपाली सेनाले जनशक्ति

काठमाडौं,१२ भदौ । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एकैपटक फेरियो जिम्मेवारी

रौतहट, १२ भदौ । मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले लेखा अधिकृत तथा

रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

ताप्लेजुङ,१२ भदौ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै

ड्याम फुटेपछि भोटेकोशीमा बाढीको जोखिम, तटीय क्षेत्र खाली गरिँदै

नुवाकोट,१२ भदौ । तिब्बततर्फको ड्याम फुटेर भोटेकोशीमा पानीको बहाव बढ्न थालेपछि नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ ।बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक राहत कोषमा

काठमाडौं ,१२ भदौ। सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने