रसुवा बाढीपछि अस्पतालहरूमा बेपत्ताको खोजी र आफन्तको भीड

काठमाडौँ , १२ भदौ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौँका अस्पताल धाइरहेका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा घाइते तथा मृतकको अवस्था बुझ्न र बेपत्ता आफन्तको नाम टिपाउन पुगेकाहरूको भीड छ।कसैको मोबाइलमा आफन्तको पुरानो तस्बिर छ। कसैले नाम, ठेगाना र फोन नम्बर टिपाएका छन्। कोही अस्पतालको सूचीमा आफ्नो मान्छेको नाम खोजिरहेका छन् । अस्पताल परिसरमा पुगेका केही परिवारले बेपत्ता आफन्तका तस्बिरसमेत देखाउँदै खोजी गरिरहेका छन् ।

उनीहरूको एउटै आशा छ—कतै यही अस्पतालमा घाइते अवस्थामा आफ्नो मान्छे भेटिन्छ कि, वा कसैले उनीहरूबारे कुनै खबर दिन्छ कि। रसुवा बाढीपछि सोनाम तामाङ र रूपा घले पनि आफ्ना परिवारका सात जना सदस्यको खोजीमा शिक्षण अस्पताल पुग्नु भएको छ्।रूपा घलेले आफन्तका तस्बिर देखाउँदै भन्नु भयो, ‘यो मेरो सानी आमा हो । उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। मेरो हातको यो अङ्कल हुनुहुन्छ। अनि यो चाहिँ बाबु हो, उहाँको छोरा हो।’

 

सम्पर्कविहीनमध्ये कोही स्याफ्रुबेँसीबाट र कोही टिमुरे क्षेत्रबाट हराएका हुन् । रूपाका अनुसार उहाँकी दिदी टिमुरेभन्दा माथिको क्षेत्रमा शिक्षिका हुनुन्थ्यो्। उहाँसँग दुई वर्षको बच्चासमेत थियो । बाढी आएको दिनदेखि उहाँहरूसँग परिवारको सम्पर्क हुन सकेको छैन। त्यसैले सोनाम र रूपा अहिले अस्पतालमा नाम टिपाउँदै, घाइतेको सूची हेर्दै र मोबाइलमा भएका तस्बिर देखाउँदै आफ्ना मान्छेको खोजी गरिरहनु भएको छ्।

 

रसुवाको बाढीपछि त्रिवि शिक्षण अस्पतालसँगै वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा समेत बेपत्ता आफन्तको खोजीमा परिवारका सदस्यहरू पुगिरहेका छन् । प्रहरीले अस्पतालमा बेपत्ता व्यक्तिको नाम, ठेगाना, नाता र सम्पर्क नम्बरलगायत विवरण सङ्कलन गरिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय