नुवाकोट,१२ भदौ । तिब्बततर्फको ड्याम फुटेर भोटेकोशीमा पानीको बहाव बढ्न थालेपछि नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ ।बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धारमा खटिएका डोजर, उपकरण र मानिसहरूलाई क्षतिग्रस्त ठाउँबाट तत्काल सुरक्षित स्थानतर्फ हटाइएको छ ।
रसुवामा खटिएका एसएसपी दीप शमशेर राणाका अनुसार सम्भावित जोखिमका कारण सुरक्षाकर्मीले सीमा क्षेत्र र नदी किनारका सडकहरूमा आवागमन पूर्ण रूपमा रोकनु भएको छ ।नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा कार्यरत उद्धारकर्मी र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।









