रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

ताप्लेजुङ,१२ भदौ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै बेपत्ता छन् ।

रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनका पासाङतेञ्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा शुक्रबार बिहान ३ बजे परिवारको सम्पर्कमा आएका हुन् । उनीहरू सकुशल सम्पर्कमा आइसकेको आठराई त्रिवेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिनुभयो ।

बाढीपछि सम्पर्कविहीन भएका अन्य दुई जना भने शुक्रबार बिहानसम्म पनि परिवारको सम्पर्कमा आउन सकेका छैनन् । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुका भीष्म चापागाईँ र फुङलिङ नगरपालिका–९, हाङदेवाका दुर्गा भट्टराई (दिवस) सम्पर्कविहीन रहेका हुन् ।

सम्पर्कविहीन रहेका दुवै जनाको खोजी तथा सम्पर्कको प्रयास भइरहेको परिवारजनले जनाएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीको त्रासले ढुङ्गेका स्थानीय डाँडामा आश्रय लिन बाध्य

काठमाडौं,१२ भदौ । नुवाकोट विदुरको ढुङ्गेमा बाढी फेरि आउनसक्ने त्रासका कारण स्थानीयहरू वासस्थान छाडेर माथिल्लो डाँडामा रहेको जङ्गल क्षेत्रमा गएर बसिरहेका छन्। घरमा बस्दा जोखिम

चौतर्फी आलोचनापछी थप्यो नेपाली सेनाले जनशक्ति

काठमाडौं,१२ भदौ । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एकैपटक फेरियो जिम्मेवारी

रौतहट, १२ भदौ । मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले लेखा अधिकृत तथा

रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

ताप्लेजुङ,१२ भदौ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै

ड्याम फुटेपछि भोटेकोशीमा बाढीको जोखिम, तटीय क्षेत्र खाली गरिँदै

नुवाकोट,१२ भदौ । तिब्बततर्फको ड्याम फुटेर भोटेकोशीमा पानीको बहाव बढ्न थालेपछि नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ ।बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक राहत कोषमा

काठमाडौं ,१२ भदौ। सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने