काठमाडौं ,१२ भदौ। सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको छ ।
अहिले विदेशीले दिने सहयोगलाई विपत् प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ । प्राधिकरणले तत्काल आवतजावत सुचारु गर्न ४२ वटा पुलको आवश्यकता पर्ने आंकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो ।भारतीय विदेश मन्त्रालयका प्रवक्त रणधीर जैसवालले बिहीबारै नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको बेलामा बेलिब्रिज लगायतमा सहयोग गर्ने बताउनु भएको थियो।
रसुवा, नुवाकोट र धादिङमा बाढीले अधिकांस पुलहरू भत्काएको छ । त्यसका कारण मानिसहरू दुईतर्फी आवत जावत नै बन्द भएको छ ।







