बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा भेटियो

काठमाडौं ,१२ भदौ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिनु भएको छ।

तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका ४३ वर्षीय पौडेलको शव चितवनमा फेला परेको हो।

नुवाकोट घर भएका पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिनु भयो।
चितवन जिल्ला अस्पतालमा पोस्टमार्टमपछि परिवारले उहाँको शव बुझेको प्रहरीले जनाएको छ।

यसैबीच, चितवनमा फेला परेको अर्को शवको पनि सनाखत भएको छ। बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कविलाल चौधरीको पहिचान खुलेको हो।

उहाँको शव पनि परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाकिस्तानी प्रधानमन्त्री शरिफले प्रधानमन्त्री शाहसँग गरे कुराकानी

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री बालेन शाह र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफबीच कुराकानी भएको छ। शुक्रबार शरिफले प्रधानमन्त्री शाहसँग कुराकानी गर्दै रसुवामा आएको बाढीपहिरोबाट भएको

मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक

काठमाडौं ,१२ भदौ ।  सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक

रसुवा सडक सञ्जालमा जोडियो, वैकल्पिक मार्ग सञ्चालनमा

१२ भदौ, काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

काठमाडौं ,१२ भदौ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।

बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा भेटियो

काठमाडौं ,१२ भदौ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिनु भएको छ। तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता

सरकारद्वारा भारत र चीनसँग ४२ वटा बेलिब्रिज सहयोगको अपिल

काठमाडौं ,१२ भदौ। सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।परराष्ट्र मन्त्रालय