३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

काठमाडौं ,१२ भदौ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो।

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि कोषमा व्यक्ति तथा संस्थाबाट सहयोग रकम जम्मा हुन थालेको हो।

यससँगै कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो।

सरकारले कोषमा रकम जम्मा गर्ने तथा समन्वय गर्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ। विदेशबाट घोषणा भएको सहयोग रकम भने उक्त विवरणमा समावेश गरिएको छैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इन्दु घिमिरे रक्षा मन्त्रालयको सचिवमा बढुवा

काठमाडौं, १२ भदौ । सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्दै रक्षा

पाकिस्तानी प्रधानमन्त्री शरिफले प्रधानमन्त्री शाहसँग गरे कुराकानी

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री बालेन शाह र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफबीच कुराकानी भएको छ। शुक्रबार शरिफले प्रधानमन्त्री शाहसँग कुराकानी गर्दै रसुवामा आएको बाढीपहिरोबाट भएको

मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक

काठमाडौं ,१२ भदौ ।  सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक

रसुवा सडक सञ्जालमा जोडियो, वैकल्पिक मार्ग सञ्चालनमा

१२ भदौ, काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

काठमाडौं ,१२ भदौ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।

बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा भेटियो

काठमाडौं ,१२ भदौ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिनु भएको छ। तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता