पाकिस्तानी प्रधानमन्त्री शरिफले प्रधानमन्त्री शाहसँग गरे कुराकानी

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री बालेन शाह र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफबीच कुराकानी भएको छ।

शुक्रबार शरिफले प्रधानमन्त्री शाहसँग कुराकानी गर्दै रसुवामा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो।

शरिफले सामाजिक सञ्जाल एक्समार्फत यस दुःखद् घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउनु भएको छ।

उहाँले उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउन पाकिस्तानले आपत्कालीन राहत सामग्री पठाउन लागेको जानकारीसमेत प्रधानमन्त्री शाहलाई दिएको बताउनु भएको छ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बुधबार प्रधानमन्त्री शाहसँग कुराकानी गरेका थिए। भारत सरकारले नेपाललाई राहत सामग्री पठाइसकेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इन्दु घिमिरे रक्षा मन्त्रालयको सचिवमा बढुवा

काठमाडौं, १२ भदौ । सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्दै रक्षा

पाकिस्तानी प्रधानमन्त्री शरिफले प्रधानमन्त्री शाहसँग गरे कुराकानी

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री बालेन शाह र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफबीच कुराकानी भएको छ। शुक्रबार शरिफले प्रधानमन्त्री शाहसँग कुराकानी गर्दै रसुवामा आएको बाढीपहिरोबाट भएको

मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक

काठमाडौं ,१२ भदौ ।  सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक

रसुवा सडक सञ्जालमा जोडियो, वैकल्पिक मार्ग सञ्चालनमा

१२ भदौ, काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

काठमाडौं ,१२ भदौ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।

बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा भेटियो

काठमाडौं ,१२ भदौ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिनु भएको छ। तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता