‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा, जोखिममा परेकाहरूको उद्धार र तत्काल राहत व्यवस्थापन हुनुपर्ने बताएका छन् ।शुक्रबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष घिसिङले रसुवा आफ्नो पौरख र जीवनको महत्त्वपूर्ण समय जोडिएको क्षेत्र भएको स्मरण गर्दै चिलिमे तथा रसुवागढीलगायतका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

अध्यक्ष घिसिङले भने, ‘संरचना फेरि बनाउन सकिन्छ, तर गुमेका जीवन फर्काउन सकिँदैन। त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छ— मानव जीवन बचाउने, जोखिममा रहेकाहरूको उद्धार गर्ने र पीडित परिवारसम्म तत्काल राहत पुर्‍याउने । त्यसपछि प्रभावित परिवारलाई पुनः आफ्नो जीवनमा फर्काउन पुनःस्थापनाको काम अघि बढाउनुपर्दछ ।’विपद्को सामना सरकार एक्लैको प्रयासले मात्र सम्भव नहुने भन्दै उनले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘यो काम सरकारको मात्र जिम्मेवारी होइन, हामी सबैको साझा जिम्मेवारी हो । सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबै एकजुट भएर संकटको सामना गर्नुपर्ने बेला हो । संसारभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हार्दिक आग्रह गर्दछु। हाम्रो सानो सहयोग पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ ।’यसैगरी अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त बनेका जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सडक पूर्वाधारको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । त्यसका लागि आवश्यक बौद्धिक तथा भौतिक सहयोग गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ ।रसुवा, नुवाकोट र धादिङका प्रभावित नागरिक, राष्ट्रसेवक, व्यवसायी तथा पर्यटकहरूलाई धैर्य धारण गर्न आग्रह गर्दै उनले यो दुःखद घडीमा सिङ्गो देश साथमा रहेको ढाडस दिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये