आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ ।

विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने प्रचलन छ ।गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्ने विश्वास गरिन्छ ।

गाईजात्राको ऐतिहासिक सम्बन्ध काठमाडौंका राजा प्रताप मल्लसँग जोडिएको छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारमा सबैले कुनै न कुनै रूपमा शोक बेहोर्नुपर्छ भन्ने अनुभूति गराउन राजा प्रताप मल्लले यो पर्व सुरु गराएको ऐतिहासिक तथ्य पाइन्छ ।गाईजात्राले रानीको शोक कम गर्न नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न राजाले आदेश दिएको जनश्रुति छ । त्यसैबाट गाईजात्रामा हाँस्यव्यङ्ग्य तथा सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने परम्पराको विकास भएको मानिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१

गाईजात्राको इतिहास प्रताप मल्लभन्दा पनि पुरानो : डा. गोविन्द टन्डन

काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।